नेभिगेशन
सबै कुरा

निर्दोष बालबालिका पनि कारागारमा

बागलुङ । जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् ।  बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा  छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयोभने दुई महिनाकी बालिका  पनि थपिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ परेकी थिइन् । सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका ४ वर्षीय छोरा पनि कारागार पुगेका थिए । छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछिल्लो १० महिनादेखि छोरालाई आफूसँगै कारागारमा राख्दै आएकी छिन् ।

Ncell
Extreme Energy

कर्तव्य ज्यान कसुरमा आमा तनसरा विक पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि उनीसँगै उनकी २ वर्षीया छोरी कारागारमा बस्दै आएकी छिन् । सुनार र तनसरा दुवैको मुद्दा कहिले फैसला हुन्छ टुङ्गो छैन । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्थाअनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागारका प्रशासक धीरेन्द्र पन्तले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो (तस्बिरहरु)

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो (तस्बिरहरु)

दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी भएका यी मुकुण्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा...
अख्तियारले आरजुको नाममा गरेको म्याद तामेलीमा के छ ?

अख्तियारले आरजुको नाममा गरेको म्याद तामेलीमा के छ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइमा भएको अनियमिततामा बयानका लागि उपस्थित हुन तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाममा म्याद तामेली गरेको छ । आयोगले आरजुलाई ‘सूचना...
मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनमा सरकारको तयारी पुरा

मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनमा सरकारको तयारी पुरा

त्यस्तै सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढि प्रभावकारी रुपमा विपद् व्यवस्थापनका खटिन निर्देशन दिइसकेको उहाले बताए। उनले जनताको सुरक्षाको लागि चाहि आवश्यक परे हेलिकप्टर परिचालन गर्ने समेतको...
विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने सरकारको तयारी

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने सरकारको तयारी

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी...

भर्खरै