नेभिगेशन
सबै कुरा

बिरामी बोकेर काठमाडौँतर्फ आउँदै गरेको सुमो ओखलढुङ्गामा दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । ओखलढुङ्गामा सुमो दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी बोकेर काठमाडौँतर्फ आउँदै गरेको टाटा सुमो ओखलढुङ्गामा दुर्घटना भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो मानेभञ्ज्याङ–७ भडारे खोलामा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी अनुप पौडेलले सिधाकुरालाई जानकारी दिए । पौडेलका अनुसार बिहिबार बिहान करिब ८ बजेको समयमा सो ठाउँमा सुमो दुर्घटना भएको खबर नजिकैको प्रहरीलाई प्राप्त भएपछि त्यहाँ पुग्दा ३ जनाको शवसहित दुर्घटनाग्रस्त अवस्थामा सुमो फेला परेको हो । 

Ncell
Extreme Energy

दुर्घटनामा परि मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका बस्ने ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै रुपाकोट मझुवागढी नगरपालिका १२ बस्ने ३५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । उनीहरु तीनै जना एकै परिवारका रहेको प्रशासनले जनाएको छ ।

त्यस्तै दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरीहरुको परिचालन भएको तर हालसम्म चालक सम्पर्कविहिन रहेको सूचना अधिकारी पौडेलले बताए । सो सुमो कुन समयमा दुर्घटना भएको भन्ने विषयमा अुनसन्धान भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ।
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान

जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति...