नेभिगेशन
सबै कुरा

बिरामी बोकेर काठमाडौँतर्फ आउँदै गरेको सुमो ओखलढुङ्गामा दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । ओखलढुङ्गामा सुमो दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी बोकेर काठमाडौँतर्फ आउँदै गरेको टाटा सुमो ओखलढुङ्गामा दुर्घटना भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो मानेभञ्ज्याङ–७ भडारे खोलामा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी अनुप पौडेलले सिधाकुरालाई जानकारी दिए । पौडेलका अनुसार बिहिबार बिहान करिब ८ बजेको समयमा सो ठाउँमा सुमो दुर्घटना भएको खबर नजिकैको प्रहरीलाई प्राप्त भएपछि त्यहाँ पुग्दा ३ जनाको शवसहित दुर्घटनाग्रस्त अवस्थामा सुमो फेला परेको हो । 

Ncell
Extreme Energy

दुर्घटनामा परि मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका बस्ने ५६ वर्षीया मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै रुपाकोट मझुवागढी नगरपालिका १२ बस्ने ३५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । उनीहरु तीनै जना एकै परिवारका रहेको प्रशासनले जनाएको छ ।

त्यस्तै दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरीहरुको परिचालन भएको तर हालसम्म चालक सम्पर्कविहिन रहेको सूचना अधिकारी पौडेलले बताए । सो सुमो कुन समयमा दुर्घटना भएको भन्ने विषयमा अुनसन्धान भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...