नेभिगेशन
सबै कुरा

राजधानीको भृकुटीमण्डपमा सुरु भयो फेमिली एन्ड बेबी एक्स्पो

काठमाडाैँ । राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो २०२५’ सुरु भएको छ । बालबच्चा तथा परिवारलाई मनोरञ्जनसहित आवश्यक वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउनका लागि एक्स्पो आयोजना गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार एक कार्यक्रमकाबीच अभिनेत्री प्रियंका र उनकी छोरी आयांकाले संयुक्त रुपमा एक्स्पोका उद्घाटन गरेका छन् । ‘वान स्टप सोलुसन फर फेमिली एण्ड बेबी रिलेटेड प्रोडक्ट्स एण्ड सर्भिसेज’ भन्ने स्लोगानका साथ इभेण्ट सोलुसन प्रालिको आयोजनामा सुरु भएको एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनी उपलब्ध गराइएको छ । निशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोएट्री तथा क्यालिग्राफी एक्टिभिटिजमा सहभागि हुन सक्छन् । फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हण्ट, स्पीन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन् । 

Ncell
Extreme Energy

अभिभावकहरुले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वाताबरणमा घुलमिल गराउन एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता एक्स्पोको आकर्षणका रुपमा रहेका छन् । एक्स्पोका विभिन्न कृयाकलापमा सहभागि हुनेहरुलाई दैनिक रुपमा गोलाप्रथाबाट उपहार प्रदान गरिने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए । 

एक्स्पोमा आउने बालबालिका तथा अभिभावकको सहजताका लागि एक्स्पोस्थलमा ब्रेस्ट फिडिङ बुथ, चेन्जिङ बुथ लगायतका अत्यावश्यक सेवा समावेश गरिएको प्रधानले बताए । उनका अनुसार एक्स्पो अवलोकनकर्ताहरुले यस्ता सेवा प्रभावकारी भएको र अभिभावकलाई एक्स्पोमा आउँदा कुनै समस्या नहुने प्रतिकृया दिएका छन् ।

बालबालिका तथा अभिभावकलाई लक्षित गरी विभिन्न किसिमका जानकारीमुलक सेसनहरु पनि सञ्चालन हुने एक्स्पोमा आमाबाबु र परिवार सम्बन्धि जानकारी प्रदान गरिनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफका बारेमा जानकारी दिने सेसनहरु पनि सञ्चालन हुनेछन् ।

एक्स्पोमा जादु तथा सांगितिक मनोरन्जनात्मक प्रदर्शनीहरु पनि सञ्चालन हुनेछन् । यसका अलावा बालबच्चाका लागि आवश्यक पर्ने सबै किसिमका वस्तु तथा सेवा सुपथ मूल्यमा खरिद गर्न सकिने प्रधानले जनाए । माघ १९ गते शनिबार समापन हुने एक्स्पोको क्लोजिङ सेसनमा ‘टीम कार्टुन’ को विशेष प्रस्तुती रहनेछ ।

लक्ष्य लिइएको एक्स्पोलाई जार रेस्टुरेण्ट, द वन्डरल्याण्ड, साउथवेष्टर्न स्कूल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेशन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाण्डौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एशियन एस्ट्रो फेडेरेशन ले सहयोग गरेका छन् । त्यसैगरी एक्स्पोका सहयोगीहरुमा नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिविशन लाइट हाउस, लायन्स क्लब अफ काठमाण्डौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टूडियो, लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो, ऐविवि अष्ट्रेलिया तथा वर्ल्डलिंक कम्युनिकेशन रहेका छन् । 

एक्स्पोले अभिभावकलाई आफ्ना बालबालिकाको क्षमता परीक्षण गर्ने उचित गन्तव्य बन्ने आयोजकको अपेक्षा छ । बजारमा भौंतारिएर वस्तु तथा सेवाका साथै मनोरन्जनका साधनको खोजी गर्नुपर्ने अभिभावकको बाध्यतालाई पनि एक्स्पोले समाधान गर्ने आयोजकको विश्वास छ । बालबच्चा तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...