नेभिगेशन
सबै कुरा

सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा सशक्त खबरदारी गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खवरदारी गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको ठहर गर्दै यसका बिरुद्ध सदनमा खवरदारी गर्ने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खवरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना समेत दर्ता गर्ने निर्णय भएको उनले बताए । 

उनले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी समेत उचित नभएको धारणा राखे । त्यस्तै जनताका आवाजलाई व्यवस्थित र सशक्त रुपमा उठाउने निर्णय समेत भएको पाण्डेले बताए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सदन शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरि प्रस्तुत हुन सांसदहरुलाई निर्देश समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै