नेभिगेशन
सबै कुरा

सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा सशक्त खबरदारी गर्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खवरदारी गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको ठहर गर्दै यसका बिरुद्ध सदनमा खवरदारी गर्ने निर्णय गरेको हो ।

अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खवरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना समेत दर्ता गर्ने निर्णय भएको उनले बताए । 

उनले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी समेत उचित नभएको धारणा राखे । त्यस्तै जनताका आवाजलाई व्यवस्थित र सशक्त रुपमा उठाउने निर्णय समेत भएको पाण्डेले बताए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सदन शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरि प्रस्तुत हुन सांसदहरुलाई निर्देश समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...