नेभिगेशन
सबै कुरा

आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखसँग रवि लामिछानेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवमं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट गरेका छन् । संसदको हिउँदे अघिवेशन सुरु हुनुभन्दा केहीसमय अगाडि मात्रै लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका केही सांसदसहित सभामुख भेट्न सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष माग गरेका छन् । लामिछानेले आफू थुनामा नरहेको र सम्पत्ती सुद्धिकरण सम्बद्ध कानुनमा रहेको प्रावधानले सदनको कार्य सञ्चालन एवं सदनको काम–कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अवरोध हुन नसक्ने भएकाले आफूमाथि भएको निलम्बन फुकुवा गर्न लामिछानेले निवेदन दिएको रास्वपाका एक नेताले सिधाकुरालाई बताए ।

Ncell
Extreme Energy

लामिछानेले प्रतिनिधि सभा नियमाली २०७९ को दफा २२८ को उपदफा (३) बमोजिम आफू थुनामा नरहेका कारण सार्वभौम नागरिकको प्रतिनिधिलाई संविधान र कानून बमोजिम संसदमा उपस्थित हुन र सदनको काम–कारवाहीमा भाग लिन कुनै अवरोध नहुने बताउँदै सभामुखलाई निवेदन दिएका हुन् ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि  लामिछानेलाई संसद सचिवालयले पुस ८ गते निलम्बन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै