नेभिगेशन
सबै कुरा

आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखसँग रवि लामिछानेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवमं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट गरेका छन् । संसदको हिउँदे अघिवेशन सुरु हुनुभन्दा केहीसमय अगाडि मात्रै लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन् ।

पार्टीका केही सांसदसहित सभामुख भेट्न सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष माग गरेका छन् । लामिछानेले आफू थुनामा नरहेको र सम्पत्ती सुद्धिकरण सम्बद्ध कानुनमा रहेको प्रावधानले सदनको कार्य सञ्चालन एवं सदनको काम–कारबाही नियमित गर्न कुनै किसिमले बाधा–अवरोध हुन नसक्ने भएकाले आफूमाथि भएको निलम्बन फुकुवा गर्न लामिछानेले निवेदन दिएको रास्वपाका एक नेताले सिधाकुरालाई बताए ।

लामिछानेले प्रतिनिधि सभा नियमाली २०७९ को दफा २२८ को उपदफा (३) बमोजिम आफू थुनामा नरहेका कारण सार्वभौम नागरिकको प्रतिनिधिलाई संविधान र कानून बमोजिम संसदमा उपस्थित हुन र सदनको काम–कारवाहीमा भाग लिन कुनै अवरोध नहुने बताउँदै सभामुखलाई निवेदन दिएका हुन् ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि  लामिछानेलाई संसद सचिवालयले पुस ८ गते निलम्बन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...