नेभिगेशन
सबै कुरा

रास्वपा सांसदहरुद्वारा १५ मिनेट संसद बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले १५ मिनेट संसद बैठक बहिस्कार गरेका छन् । उनीहरु बैठक बहिस्कार गरी सदनबाट बाहिरिएका हुन् । 

सभामुखले बाेल्नका लागि समय नदिएपछि आफूहरुले १५ मिनेटका लागि संसद बहिस्कार गरेकाे रास्वपा सांसद साेविता गाैतमले जानकारी दिइन् । १५ मिनेट पुरा भएपछि उनीहरु फेरि बैठक हलमा उपस्थित भएका छन् । 

रास्वपाका सांसदहरुले बैठकको सुरुवातमा विशेष समय माग गर्दै बोल्न पाउनुपर्ने माग राखेका थिए । तर सभामुखले बोल्ने समय नदिएपछि उनीहरु बैठक बहिस्कार गरी बाहिरिएका हुन् । 

बैठकको सुरुवातदेखि नै रास्वपा सांसदहरुले उभिएर सभामुखसँग समय माग गरेका थिए । तर सभामुखले बोल्न नदिई बैठक अघि बढाएपछि उनीहरु संसदबाट बाहिरिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...