नेभिगेशन
सबै कुरा

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएः चिरीबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले  कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटनका अवसरमा महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको उल्लेख गर्दै समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको बताए । 

Ncell
Extreme Energy

“हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव नौ किलोमिटर सडकमा बत्ती नहुँदा रातको समयमा धेरैले ज्यान गुमाएका छन्, चक्रपथको धोवीघाटमा मात्रै ३२ जनाले ज्यान गुमाउनुपरेको छ, सरकारले सुधार गर्न अनुमति नदिएका कारण समस्या भएको छ, तर हामी प्रयासरत छौँ”, उनले भने । उनले नख्खुमा बनेको पुल उद्घाटन गर्दै सम्पदा र संस्कृतिको सहरका नागरिकलाई सहज दैनिकीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त  गरे । उनले कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण हुने बताए । उनले पाटन अस्पतालको मुख्य गेटमा भएको ट्राफिक समस्या समाधानका लागि पुल निर्माणका लागि डिजाइन भएको समेत जानकारी दिए । 

“समस्या समाधानका लागि पुल निर्माणका लागि जग्गाका लागि सञ्चय कोष र मानसिक अस्पतालसँग कुरा भइरहेको छ”, उनले भने, “ललितपुर महानगर क्षेत्रमा पर्ने सात दशमलव नौ किलोमिटरभित्र दुर्घटना अन्त्य गर्न छदेखि नौ महिनाभित्र सडक बत्ती राख्छौँ ।”  

महानगरका प्रवक्ता एवं वडा नं ९ का अध्यक्ष राजु महर्जनले यस वर्ष तीन वटा पुल निर्माण हुने जानकारी दिए । वडा नं १४ का अध्यक्ष अमृजङ्ग महतले पनि नख्खु खोलामा निर्माण भइरहेको पुल छिट्टै सम्पन्न हुने बताए । वडा नं १३ का अध्यक्ष गणेश केसीले यो पुल निर्माणले नख्खुको जाम कम गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । 

महानगरका इञ्जिनियर प्रदीप पौडेलले विसं २०७९ भदौ १३ मा पुल निर्माणका लागि सम्झौता काम सुरु  भइ गत मङ्सिर २० गते सम्पन्न भएको जानकारी दिए । निर्माण कम्पनी तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको मोटरेबल पुलको लागत तीन करोड तीन लाख ६१ हजार आठ सय ५३ रुपैयाँ ३१ पैसा छ । त्यसअवसरमा समयमै काम पूरा गर्ने निर्माण कम्पनी तामाङ मरिन कन्सट्रक्सन प्रालिलाई नगरप्रमुख चिरीबाबु महर्जनले कदरपत्र र दोसल्लासहित सम्मान गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै