नेभिगेशन
सबै कुरा

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दूग्ध उद्योग

चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ शुक्रबार बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, “चितवन मिल्क नभएको भए तपाईँले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।” 

Ncell
Extreme Energy

केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रगोग हुने गरेको छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुनेमध्ये ३३ प्रतिशत दुग्ध विकास संस्थानसहित व्यावसायिक उद्योगहरूमा प्रशोधन गरेर बजारमा पठाइन्छ भने बाँकी स्थानीय डेरी पसलले प्रशोधन नगरी बजारमा पठाउने गरेका छन् । 

वैशाखदेखि असोजसम्म दूधको उत्पादन कम हुने गर्दछ । यो समयमा अरू बेलाको तुलनामा ४० प्रतिशतसम्म दूध कम हुने आँकडा छ । बढी उत्पादन भएको बेला दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । 

नेपालमा चितवन मिल्कसहित पोखराको सुजल, भक्तपुरको शिवपुरी, विराटनगरको सूर्योदय र सगरमाथासँगै बागमती प्रदेशको हेटौँडा डेरीले दूधको धुलो बनाउने गरेका छन् । क्षमताको हिसाबले चितवन मिल्कले सबैभन्दा बढी प्रशोधन गर्ने गरेको नेपाल डेरी उद्योग सङ्घले जनाएको छ । 

मङ्सिर र पुस महिनामा दैनिक दुई लाख ५० हजार लिटर दूध प्रशोधन हुने गरेकामा माघ लागेपछि सबै उद्योगले गरी दैनिक दुई लाख लिटर दूध प्रशोधन हुँदै आएको छ । चितवन मिल्कले भने दैनिक ८० हजार लिटर दूध प्रशोधन गर्दै आएको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ भने २४ घण्टा सञ्चालन गर्दा दुई लाख लिटर दूध प्रशोधन हुन्छ । उपकरणमा केही खराबी देखिएकाले अहिले एक सिफ्टमा ८० हजार लिटर मात्रै प्रशोधन गरिँदै आएको उनले जानकारी दिए । प्रबन्धक पराजुलीले भने, “हामीले यो बेला प्रशोधन नगर्ने हो भने किसानले मिल्क होलिडे बेहोर्नु पर्छ ।” 

हाल सो उद्योगमा देशैभरबाट दूध आउने गरेको छ । १२ वटा सहकारी संस्था र करिब ५० वटा निजी डेरीले यहाँ दूध पठाउने गरेका छन् । विसं २०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गरिरहेको प्रबन्धक पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भए पनि पुनः सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जटिल प्रसूति भएकी १७ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति भएकी १७ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या देखिएपछि जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया किशोरीलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पुर्‍याइएको छ।
सडक सम्पर्क टुटेका बस्तीमा ड्रोनबाट राहत

सडक सम्पर्क टुटेका बस्तीमा ड्रोनबाट राहत

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखा र रसुवाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याउन थालिएको छ।
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।