नेभिगेशन
सबै कुरा

राजनीतिक अस्थीरताका कारण मुलुकमा नकारात्मक प्रभाव परेकाले यो सरकार गठन गर्नुपर्योः देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजनीतिक अस्थीरताका कारण मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले वर्तमान सरकार गठन गर्नुपरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले अहिलेको सरकार गठन भएको बताएका हुन् ।

Ncell
Extreme Energy

उनले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता उल्लेख गरे । एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने उनले बताए ।

सभापति देउवाले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुने उल्लेख गर्दै सुरुको अवधिमा धेरै राम्रा काम गरेको र भविष्यमा असल परिणाम देखिनेगरि काम गर्ने जिकिर गरे । उनले सरकारले ल्याएको अध्यादेशले मुलुकको आर्थिक प्रणालीका साथै सुशासनमा सुधार हुने विश्वास व्यक्त गरे ।

देउवाले राजनीतिक दलहरुका बीच सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने भन्दै यसबारेमा छलफल प्रारम्भ गरिसकेको उल्लेख गरे । लोकतन्त्रको विकल्प खोज्न नहुने र यसलाई थप सुदृढ बनाउदै नागरिकको जीवनसंग जोड्न सक्नुुपर्ने उनले बताए ।

उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्न नहुने धारणा राखे । देउवाले संसदमा विचाराधीन सवै विधेयक संसदको चालू अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै