नेभिगेशन
सबै कुरा

राजनीतिक अस्थीरताका कारण मुलुकमा नकारात्मक प्रभाव परेकाले यो सरकार गठन गर्नुपर्योः देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राजनीतिक अस्थीरताका कारण मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले वर्तमान सरकार गठन गर्नुपरेको बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले अहिलेको सरकार गठन भएको बताएका हुन् ।

उनले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता उल्लेख गरे । एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने उनले बताए ।

सभापति देउवाले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुने उल्लेख गर्दै सुरुको अवधिमा धेरै राम्रा काम गरेको र भविष्यमा असल परिणाम देखिनेगरि काम गर्ने जिकिर गरे । उनले सरकारले ल्याएको अध्यादेशले मुलुकको आर्थिक प्रणालीका साथै सुशासनमा सुधार हुने विश्वास व्यक्त गरे ।

देउवाले राजनीतिक दलहरुका बीच सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने भन्दै यसबारेमा छलफल प्रारम्भ गरिसकेको उल्लेख गरे । लोकतन्त्रको विकल्प खोज्न नहुने र यसलाई थप सुदृढ बनाउदै नागरिकको जीवनसंग जोड्न सक्नुुपर्ने उनले बताए ।

उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्न नहुने धारणा राखे । देउवाले संसदमा विचाराधीन सवै विधेयक संसदको चालू अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...