नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेविरुद्ध माथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा दलको प्रतिनिधित्व गर्दै बोलेका उपसभापति वाग्लेले लामिछानेमाथि राज्यले विभिन्न ठाउँमा विभिन्न मुद्दा लगाउँदै ८४ दिनसम्म थुनाएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई दुई पटक त्यसमाथि पनि सबैभन्दा धेरै मतका साथ विजयी भएका पार्टी सभापतिविरुद्ध राज्य लागेकै कारण आज संसदका उनलाई देख्न नपाएको उनले दुख व्यक्त गरेका छन् । ‘रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छ ।’, उपसभापति वाग्लेले भने, ‘अदालतमा विचाराधिन रहेको विषयमा म धेरै बोल्न मिल्दैन, बोल्दिनँ । न्यायपालिकाको न्यायीक प्रक्रियामाथि रास्वपाको पूर्ण भरोसा छ ।’

Ncell
Extreme Energy

त्यस्तै आजभन्दा २० वर्ष अघिको घटना अर्थात २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले कु गरेर आफ्नो हातमा शासन लिएको र शाही आयोग बनाएको तर पछि न्यायपालिकाले त्यो असंवैधानिक छ भनेर न्यायिक शासह गरेको बताउँदै वाग्लेले कुनै पनि शक्तिले जे गरे पनि अन्त्यमा न्यायपालिकाले विवेकपूर्ण फैसला गर्ने बताए । 

अदालतप्रति विश्वास हुँदाहुँदै नेपाल सरकार, महान्यायाधिवक्ताको कार्यालय लगायत राज्यका सबै अंगको दुरुपयोग गरेर सभापतिमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए । उनले राज्यले गरेको अत्याचारबारे सारा नेपालीले बुझिसकेको समेत बताए । 

उपसभापति वाग्लेले रवि लामिछानेमाथि गरिएको संसद पद निलम्बनको विरुद्ध कानुनी उपचारमा जाने समेत बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै