नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेविरुद्ध माथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा दलको प्रतिनिधित्व गर्दै बोलेका उपसभापति वाग्लेले लामिछानेमाथि राज्यले विभिन्न ठाउँमा विभिन्न मुद्दा लगाउँदै ८४ दिनसम्म थुनाएको बताएका हुन् । 

दुई दुई पटक त्यसमाथि पनि सबैभन्दा धेरै मतका साथ विजयी भएका पार्टी सभापतिविरुद्ध राज्य लागेकै कारण आज संसदका उनलाई देख्न नपाएको उनले दुख व्यक्त गरेका छन् । ‘रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छ ।’, उपसभापति वाग्लेले भने, ‘अदालतमा विचाराधिन रहेको विषयमा म धेरै बोल्न मिल्दैन, बोल्दिनँ । न्यायपालिकाको न्यायीक प्रक्रियामाथि रास्वपाको पूर्ण भरोसा छ ।’

त्यस्तै आजभन्दा २० वर्ष अघिको घटना अर्थात २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले कु गरेर आफ्नो हातमा शासन लिएको र शाही आयोग बनाएको तर पछि न्यायपालिकाले त्यो असंवैधानिक छ भनेर न्यायिक शासह गरेको बताउँदै वाग्लेले कुनै पनि शक्तिले जे गरे पनि अन्त्यमा न्यायपालिकाले विवेकपूर्ण फैसला गर्ने बताए । 

अदालतप्रति विश्वास हुँदाहुँदै नेपाल सरकार, महान्यायाधिवक्ताको कार्यालय लगायत राज्यका सबै अंगको दुरुपयोग गरेर सभापतिमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए । उनले राज्यले गरेको अत्याचारबारे सारा नेपालीले बुझिसकेको समेत बताए । 

उपसभापति वाग्लेले रवि लामिछानेमाथि गरिएको संसद पद निलम्बनको विरुद्ध कानुनी उपचारमा जाने समेत बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...