नेभिगेशन
सबै कुरा

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको सुहाउँदैन : योगेश भट्टराई

काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले विगतका सरकारले अध्यादेश ल्याएको स्मरण गर्दै अहिले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको टिप्पणी गरेका हुन् । सरकारलाई संवैधानिक ढंगले चलाउनका लागि अध्यादेश आउन नौलो कुरा नभएको उनले बताए । अध्यादेशको प्रक्रियाको बारेमा विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डललाई मात्रै रहेको उनले बताए । त्यसबाहेक अरुले अध्यादेशका बारेमा बिमत्ति राख्नु नौटंकी भएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

भट्टराईले कांग्रेस–एमालेको संयुक्त सरकार सहि दिशातर्फ अघि बढिरहेको बताए । सामाजिक एकतालाई सुदृढ गर्दै देशको समृद्धि हासिल गर्ने जिम्मेवारी वर्तमान सरकारलाई रहेको उनले बताए । उनले वर्तमान सरकार गठन भएपछि आशा जगाउने काम भएको जिकिर गरे । 

त्यस्तै उनले सहकारी ठगी छानविनको प्रक्रिया संसद्ले दिएको निर्देशनअनुसार रहेको भन्दै सरकारमाथि औँला उठाउनुको कुनै औचित्य नरहेको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै