नेभिगेशन
सबै कुरा

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको सुहाउँदैन : योगेश भट्टराई

काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको टिप्पणी गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले विगतका सरकारले अध्यादेश ल्याएको स्मरण गर्दै अहिले अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको टिप्पणी गरेका हुन् । सरकारलाई संवैधानिक ढंगले चलाउनका लागि अध्यादेश आउन नौलो कुरा नभएको उनले बताए । अध्यादेशको प्रक्रियाको बारेमा विरोध गर्ने अधिकार प्रेम सुवाल र योगेन्द्र मण्डललाई मात्रै रहेको उनले बताए । त्यसबाहेक अरुले अध्यादेशका बारेमा बिमत्ति राख्नु नौटंकी भएको उनको भनाइ छ ।

भट्टराईले कांग्रेस–एमालेको संयुक्त सरकार सहि दिशातर्फ अघि बढिरहेको बताए । सामाजिक एकतालाई सुदृढ गर्दै देशको समृद्धि हासिल गर्ने जिम्मेवारी वर्तमान सरकारलाई रहेको उनले बताए । उनले वर्तमान सरकार गठन भएपछि आशा जगाउने काम भएको जिकिर गरे । 

त्यस्तै उनले सहकारी ठगी छानविनको प्रक्रिया संसद्ले दिएको निर्देशनअनुसार रहेको भन्दै सरकारमाथि औँला उठाउनुको कुनै औचित्य नरहेको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...