नेभिगेशन
सबै कुरा

रवि लामिछाने ८४ दिन थुनिनुपर्ने, सत्ताका मान्छेले नपर्ने ?’ : राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले रवि लामिछानेमाथि राज्य सत्ताको चरम दुरुपयोग गरी मुद्दा लगाइएको बताएका छन् । उनले पहिले मुद्दा र उजुरी छैन भन्दै अभिव्यक्ति दिने र पछि मुद्दा लैजाने प्रहरी प्रमुखलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्ताको दुरुपयोग नगरियोस् र कानुन सबैलाई बराबरी होस् भन्दै उनले रवि लामिछानेमाथि कानुनको पनि दुरुपयोग भएको बताए । यस्तो छ रास्वपा सभापति रवि लामिछानेमाथिको मुद्दा र उनीमाथि भएको राज्यशक्तिको दुरुपयोगका सम्बन्धमा संसदमा दिएको अभिव्यक्ति । 

Ncell
Extreme Energy

एकजना पार्टीको अध्यक्ष ८४ दिन प्रहरी हिरासतमा बस्नुभयो । त्यही प्रकृतिको मुद्दामा, त्यो भन्दा पनि ठूलो सहकारीकै सञ्चालक भएका मानिसहरुले एकदिन हिरासित बस्नुनपर्ने तपाईँको पार्टीको मान्छेले ? मैले रवि लामिछानेले बदमासी गर्नुभएको छैन, बदमासी गर्नुभएको छैन भन्ने कुराको म वकालत गर्दिन त्यो न्याय निरुपणको विषय हो । तर कानुन त सबैलाई बराबर लाग्नुपर्छहोला नी ? एउटा मान्छेले अदालतसम्म पुग्नको लागि ८४ दिन हिरासत बस्नुपर्ने, अरु खुत्रुकै अदालतमा हाजिर भएर घर जान पाउने कस्तो व्यवस्था हो ? यो पक्षपात र दुरुपयोग हो कि होइन ? 

सरकारले सम्पत्ति सुद्धिकरणको दलण्डा रवि लामिछानेमाथि चलायो । रवि लामिछानेको सम्पत्ति छानबिन हुनु हुन्न, सुद्धिकरण हुनुहुन्न भन्ने होइन । ठिक गर्नुभयो । तर अब हामी अरु नेताको गर्नुपर्ने कि नपर्ने ? प्रधानमन्त्रीको, प्रधानमन्त्रीको वरपरका मानिसको गर्नुपर्ने कि नपर्ने ? अरु पार्टीका नेताहरुको गर्नुपर्ने कि नपर्ने ? गरौँ न । मेरो गरौँ, मेरो परिवारका सदस्यको गरौँ, प्रधानमन्त्रीका वरिपरीका मान्छेहरुको गरौँ । अरु नेताहरुको पनि गरौँ । तर आफूलाई चित्त बुझेन, आफूलाई मन परेन, यो गर्नुहुन्न ।

अहिलेको प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्छ । सत्ताको कुन प्रकारको दुरुपयोग हो ? भन्ने कुराको नमुना पनि हो । छानबिन भन्दापनि एपचोटी सोध्नुपर्यो । यही प्रहरी प्रमुखले रवि लामिछाने गृहमन्त्री हुँदाखेरी राज्य व्यवस्था समितिमा आएर उहाँमाथि सहकारी सम्बन्धी कुनै मुद्दा र उजुरी छैन भनेर भन्नुभाको हैन? त्यही प्रहरी प्रमुखले अहिले रवि लामिछानेलाई मुद्दा चलायो । कुन चाहीँ कुरा सत्य हो ? हाम्रो राज्य व्यवस्था कसरी चलिराखेको छ भन्ने कुराको एउटा नमुना हो यो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।