नेभिगेशन
सबै कुरा

आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौँ । आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश न्तोषप्रसाद पराजुलीको इजलास तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई अभियन्ता दाबी गर्दै आएकी तामाङ जर्मनीबाट नेपाल फर्किएर सार्वजनिक निकायमा भएका बेतिथिविरुद्ध खबरदारी गर्दै आएकी थिइन् । सोही क्रममा अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

Ncell
Extreme Energy

सो धरौटी बुझाएकी उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो । सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध दिएको आपराधिक उपद्रोको जाहेरीका आधारमा उनलाई प्रहरी वृत्त जगातीले प्रकाउ गरेका थियो । 

सो कसुरमा अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले सो प्रतिवेदनउपर जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको थियो । सो  मुद्दामा थुनछेक बयान र बहसपछि उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।