नेभिगेशन
सबै कुरा

आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौँ । आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश न्तोषप्रसाद पराजुलीको इजलास तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई अभियन्ता दाबी गर्दै आएकी तामाङ जर्मनीबाट नेपाल फर्किएर सार्वजनिक निकायमा भएका बेतिथिविरुद्ध खबरदारी गर्दै आएकी थिइन् । सोही क्रममा अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

Ncell
Extreme Energy

सो धरौटी बुझाएकी उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको थियो । सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध दिएको आपराधिक उपद्रोको जाहेरीका आधारमा उनलाई प्रहरी वृत्त जगातीले प्रकाउ गरेका थियो । 

सो कसुरमा अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले सो प्रतिवेदनउपर जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको थियो । सो  मुद्दामा थुनछेक बयान र बहसपछि उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपतिको शुभकामना : दसैँले पारिवारिक आत्मीयता र सामाजिक सम्बन्ध सुदृढ बनाओस्

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको शुभकामना दिएका छन्।