नेभिगेशन
सबै कुरा

राजश्व अनुसन्धानले छापा मार्ने, डिल प्रधानमन्त्रीका नजिककाले गर्ने :राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतको निकाय प्रधानमन्त्री नजिककासँग मिलेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार संसदमा सुरु भएको हिउँदे अधिवेशनको पहिलो सत्रको सम्बोधन गर्दै  नेता लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।  प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन भनेको तर उनी मातहतको निकाय राजश्वले व्यापारीमाथि छापा मारेर प्रधानमन्त्री नजिककासँग मिलाउन भनेको लिङ्देनले बताए । 

Ncell
Extreme Energy

‘प्रधानमन्त्री मातहतको राजश्वले व्यापारीको फर्ममा छापा हान्छ । त्यो हिसाब मिलाउन अरु नेताको फोन नगर्नु । यो त प्रधानमन्त्री मातहतको कार्यालय हो भन्छ,’ नेता लिङ्देनले थपे, ‘सल्लाह गर्न आउ भन्ने काम भइरहेको छ । तपाईंको वरिपरिका मानिसहरूले यो काम गरिरहेका छन् ।’ 

प्रधानमन्त्री ओलीले धक्कुका साथ आफूले भ्रष्टाचार नगरेको बताउनु, उहाँ सूचना नभएको बराबर रहेको लिङ्देनले बताए  । उनले भ्रष्टाचारको मामलामा प्रधानमन्त्री ओली पञ्चतन्त्रको राजा जस्तो नाङ्गै रहेको लिङ्देनको आरोप थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।