नेभिगेशन
सबै कुरा

७ महिनामा केही काम भएको छैन, सरकार के गरेर बस्यो ? : राजेन्द्रप्रसाद पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सरकार गठनको करिब सात महिना अवधिमा उल्लेख्य केही सुधार नभएको बताए । “आर्थिक सुधार भएको छैन । बेरोजगारी दर घटेको छैन । युवाहरु विदेशिनेक्रम रोकिएको छैन । गाउँहरु खाली भएका छन् । त्यसोभए सरकारले गरेका उपलब्धी के हुन् ?”, उनले प्रश्न गरे ।

Ncell
Extreme Energy

संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि चर्चा गरे। अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उनको भनाइ थियो । 

“सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, पाउँछ । तर केही दिनमा संसद् अधिवेशन सुरु हुँदैछ भन्ने जानीजानी अध्यादेश ल्याइएको छ”, उनले भने, “अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछ । अध्यादेशमा छलफल गर्ने ठाउँ छैन, संशोधन आवश्यक छैन भन्ने शैलीमा सांसदहरुलाई डो¥याउँछ ।”

त्यस्तै, सबै निर्वाचन क्षेत्रका लागि रणनीतिक सडक निर्माण र सबै पालिकामा स्वास्थ्यचौकी निर्माणको कार्य निकै सुस्त रहेको पाण्डेले बताए । बूढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्रताका साथ अघि बढाउन पनि उनले माग राखे । कृषिमा आत्मनिर्भर हुने कुरामा सरकारको ध्यान जान नसकेको समेत उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...