नेभिगेशन
सबै कुरा

कस्ता छन् नेपाली सेनाका हतियार ? (भिडियो)

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा  ‘नेपाली सेना फोटो तथा वृहत् प्रदर्शनी–२०८१’ गरेको छ । महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भ पारेर आयोजित उक्त प्रदर्शनीको प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा शुभारम्भ गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सो प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरण राखिएका थिए । त्यसका साथै सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहेको थियो । 

सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाका शान्ति सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विपद् प्रतिकार्य र विश्व शान्तिलगायत विभिन्न युनिट कार्यजिम्मेवारीबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । 

आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिइएको सेनाले जनाएको छ । उक्त प्रदर्शनी शुक्रबार सकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आज बिहान शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानका एक करोड ९२ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस खाद्य असुरक्षाको आपत्कालीन अवस्थामा...
ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै बडादसैँको टीका र जमरा लगाएका छन् ।
बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बिक्रीमा जमरा, किनेर लगाउने पनि उत्तिकै

बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा लगाउने प्रचलन छ । दसैँमा जमरालाई समृद्धि...