नेभिगेशन
सबै कुरा

हृदयघातका कारण कावासोती नगरपालिका–१ का वडाध्यक्षको निधन

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए । 

Ncell
Extreme Energy

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिनुभएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा  चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए । 

सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।