नेभिगेशन
सबै कुरा

हृदयघातका कारण कावासोती नगरपालिका–१ का वडाध्यक्षको निधन

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए । 

Ncell
Extreme Energy

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिनुभएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा  चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए । 

सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन्। आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी र स्थानीय स्रोतहरूले बताएका...
राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको पूजार्चना गरेका छन्।
केन्याली धर्मगुरु म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर

केन्याली धर्मगुरु म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर

केन्याली धर्मगुरु पास्टर पल म्याकेन्जी १९१ जनाको हत्यामा दोषी ठहर भएका छन्। अनुयायीहरूलाई येशूलाई भेट्न सकिने भन्दै भोकै बसेर मर्न बाध्य पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन्।
घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।