नेभिगेशन
सबै कुरा

नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकबाट मोन्टी देसाईकाे बिदाई


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ।

Ncell
Extreme Energy

क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाइसँगको दुई वर्षको सम्झौत समाप्त भएको र सम्झौता नविकरण नगर्ने निर्णय भएको जानकारी दिएको हो । क्यानले नेपाली क्रिकेटमादेसाईले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।

मोन्टी गत वर्षको माघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

सन् २०१७ मा नेपाली यू१९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका देसाई नेपाली टिमको प्रशिक्षक नियुक्त हुनुअघि वेस्ट इन्डिजको पूर्व ब्याटिङ प्रशिक्षक पनि थिए। सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको सहायक प्रशिक्षक समेत रहेका थिए । 

देसाई मुख्य प्रशिक्षक भएसँगै नेपालले एकदिवसीय मान्यता जोगाउने देखि आइसिसी विश्वकप लिग टु का पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । 

उनकै प्रशिक्षण कालमा नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्यो भने नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बनेको थियो । प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भएको थियो । 

यस्तै गत वर्ष नेपालले दोस्रो पटक टी २० विश्वकपमा छनोट हुँदै गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी२० विश्वकपमा नेपालले उत्कृष्ठ खेल खेलेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।