नेभिगेशन
सबै कुरा

नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकबाट मोन्टी देसाईकाे बिदाई


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ।

Ncell
Extreme Energy

क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाइसँगको दुई वर्षको सम्झौत समाप्त भएको र सम्झौता नविकरण नगर्ने निर्णय भएको जानकारी दिएको हो । क्यानले नेपाली क्रिकेटमादेसाईले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।

मोन्टी गत वर्षको माघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

सन् २०१७ मा नेपाली यू१९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका देसाई नेपाली टिमको प्रशिक्षक नियुक्त हुनुअघि वेस्ट इन्डिजको पूर्व ब्याटिङ प्रशिक्षक पनि थिए। सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको सहायक प्रशिक्षक समेत रहेका थिए । 

देसाई मुख्य प्रशिक्षक भएसँगै नेपालले एकदिवसीय मान्यता जोगाउने देखि आइसिसी विश्वकप लिग टु का पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । 

उनकै प्रशिक्षण कालमा नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्यो भने नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बनेको थियो । प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भएको थियो । 

यस्तै गत वर्ष नेपालले दोस्रो पटक टी २० विश्वकपमा छनोट हुँदै गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी२० विश्वकपमा नेपालले उत्कृष्ठ खेल खेलेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु...
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आज ११२ बलमा चार चौकासहित ८७ रनको पारी खेले । यस्तै, दीपेन्द्रसिंह ऐरीले...
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...