नेभिगेशन
सबै कुरा

मोन्टी देसाईको बिदाई नोट : प्रिय खेलाडी तिमीहरूले लाखौँको सपना बोकेका छौ, बाउन्ड्री निकालिरहनु

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकबाट मोन्टी देसाईले बिदाई लिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको करार नवीकरण नगर्ने भएपछि उनले आफ्नो फेसबुकमा एक स्टाटस राख्दै नेपाललाई धन्यवादसहित बिदाई नोट लेखेका छन् । 

Ncell
Extreme Energy

फेसबुकमा एक स्टाटस लेख्दै उनले आफूलाई अवसर दिएकोमा नेपाल क्रिकेट संघलाई धन्यवाद दिँदै क्यान व्यवस्थापन, खेलाडी, फ्यान र नेपालीलाई सन्देश छोडेका छन् । 

यस्तो छ देसाईले फेसबुकमा लेखेको स्टाटस:

प्रिय नेपाल,

यो एउटा बिदाई मात्र होइन, हार्दिक धन्यवाद पनि हो । 

जनवरी १०, २०२३ मा, मैले म नेपालको क्रिकेटमा एउटा स्थायी प्रभाव छोड्ने कथा बनाउनेछु भन्ने सोचेर नेपाल क्रिकेट संघ नेपालसँगको अवसरलाई उत्साह र उद्देश्यका साथ अँगाले ।  

यी दुई वर्ष अविस्मरणीय रहे, जसमा प्रिय क्षणहरू र साझा कोशेढुङ्गा थिए। एशिया कप क्वालीफिकेशनको समयमा टीयू ग्राउण्डमा, जहाँ दर्शकहरू रुखमा चढेर र छाता लिएर उभिएका थिए । मुलपानीमा विश्व कप क्वालीफिकेशनको समयमा, जहाँ भिडको उत्साह अतुलनीय थियो, नेपालको उत्साह र सहनशीलता परिभाषित भयो।

यस यात्रामा थुप्रै आरोह अवरोहहरू थिए तर पनि म नेपाल क्रिकेट संघको व्यवस्थापन, चयनकर्ता, खेलाडी, प्रशिक्षक, अधिकारी, स्कोरर, मैदानकर्मी, क्यामेराम्यान, कमेन्टेटरहरू, र मेरो क्याप्टेन रोहित पौडेलसँग मिलेर सानो भूमिका निभाउन पाउँदा आभारी छु। हरेक व्यक्तिले आफ्नो तर्फबाट योगदान पुर्याएको छ र हामीले बनाएको त्यो सौहार्दलाई म गहिरो मूल्याङ्कन गर्छु।

खेलाडीहरूलाईः

तिमीहरूले लाखौँको सपना बोकेका छौ। सधैं पृथक रहनु, एक–एक बल खेल्ने मानसिकता अंगाल्नु र बाउन्ड्रीहरु निकालिरहनु । ‘ह्यापी ड्रेसिङ रुम’को दर्शन जसमा सम्बन्ध, खुलापन, एकता र जिम्मेवारी छ, त्यो सँधै तिमीहरूको शक्ति हुनेछ।

कर्मचारीहरूलाईः

तपाईँहरुको पर्दा पछाडिको निरन्तरको मेहनत अमूल्य छ । मेरो मागहरू केवल हामीलाई उत्कृष्टता तर्फ प्रोत्साहित गर्नका लागि थिए। मेरो साथमा उभिनुभएकोमा धन्यवाद।

फ्यानहरुलाईः

तपाईँहरुकाे अडिग समर्थन हाम्रो सबैभन्दा ठूलो बल हो। यस टोलीमा विश्वास राखिरहनु।

नेपाल क्रिकेट संघको व्यवस्थापनलाईः

मलाई नेतृत्वको अवसर दिनुभएकोमा धन्यवाद। आधार तयार छ! एकजुट रहनु र नेपाललाई गर्वित राख्नु।

नेपालीलाईः

पाल मेरो लागि घरभन्दा बाहिरको घर भएको छ। यहाँको क्रिकेट केवल एक खेल मात्र होइन, यो एउटा भावना हो जसले यो राष्ट्रलाई एकताबद्ध बनाउँछ !

जय नेपाल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।

भर्खरै