नेभिगेशन
सबै कुरा

न्यायाधीशलाई ‘झोले न्यायाधीश’ भन्ने प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौँ । न्यायाधीशलाई ‘झोले न्यायाधीश’ भन्ने प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद शाहले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो । उनीविरुद्ध उनकै पार्टीबाट बौधिमाई नगरपालिकाका मेयरमा निर्वाचित भएका प्रदिपकुमार यादवले मुद्दा दायर गरेका हुन् । मेयर यादवले अध्यक्ष शाह र महासचिव त्रिभुवन साह उपर शुक्रबार मुद्दा दर्ता गरेका हुन् ।

Ncell
Extreme Energy

सांसद शाहले गत पुस २९ गते आफ्नो फेसबुक अकाउन्टमा नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त बनायो भन्दै टिप्पणी गरेका थिए । उनले  लेखेका थिए, ‘नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेईमान एवं अयोग्य न्यायधीशहरूलाई छानबिनको दायरामा ल्याऊन म सम्मानीय प्रधानन्यायधीश ज्युको बिशेष ध्यानाकर्षण गराउछु ।’

पछिल्लो समय सांसद शाह र मेयर यादवबिच विवाद भइरहेको छ । साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप समेत छ । 

मेयर यादवमाथि आक्रमण गरेको आरोपमा सांसद साहका कार्यकर्ता रहेका गंगाराम बैठालाई अदालतले पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । अदातलको सो आदेशपश्चात सांसद साहले सो अभिव्यक्ति दिएको बुझिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै