नेभिगेशन
सबै कुरा

लामो समयदेखि अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने क्रममा छः अर्थमन्त्री पौडेल

काठमाडाैँ । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन् । 

महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको अर्थतन्त्र : नीति र व्यवहार बिषयक छलफलमा पौडेलले लामो समय देखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका हुन् । 

समस्या समधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको उनले बताए । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले बिभिन्न अध्यादेश ल्याएको जिकिर गरे । अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको नीजि क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दावी गरे । नीजि क्षेत्रले उठाउदै आएका मागहरुलाई सम्बोधन गर्ने गरि ६ वटा अध्यादेशबाट विभिन्न ऐन ल्याएको उनको जिकिर छ । 

उनले अध्यादेशबाट आएका कानूनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे । त्यस्तै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानीको सवै समस्या समाधान भइसकेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...