नेभिगेशन
सबै कुरा

नो केबलबार अभियानको बन्दः अरुणपूर्वका पहाडी जिल्लामा ९० प्रतिशत यातायात ठप्प

काठमाडौँ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दको ९० प्रतिशतसम्म असर परेको छ । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आह्वान गरेको बन्द अरुणपूर्वका पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका पहाडी जिल्लामा बन्दको असर धेरै र अन्य क्षेत्रमा कम परेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका कार्यवहाक सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा गरि ५ जिल्लामा ९० प्रतिशतसम्म बन्दको प्रभाव परेको छ भने झापामा बन्दको ४० प्रतिशत प्रभाव छ  । 

Ncell
Extreme Energy

त्यस्तै सुनसरीमा २५, सङ्खुवासभामा २० र मोरङमा १० प्रतिशत बन्दको असर परेको डिएसपी श्रेष्ठले सिधाकुरालाई बताए । 

त्यस्तै झापामा एक यात्रुवहाक बसमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडपश्चात स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । 

त्यस्तै यातायातका साधन बन्द गराउने र तोडफोडमा उत्रिने १० जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा धरानका ६ जना र झापाका ४ जना रहेका छन् ।

प्रदर्शनकारीले केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।

भर्खरै