नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद नारायणदत्त भट्ट

काठमाडौँ । राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट ढलेका हुन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार उनी बैठक चलिरहँदा चक्कर लागेर ढलेका हुन् ।

लामो समयदेखि उच्च रक्तचाप र सुगर रोगबाट ग्रसित उनले बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । तर बैठक चलिरहँदा उनलाई चक्कर लागेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भट्ट बिरामी रहेको जानकारी गराउँदै उनको साटो बोल्न नेपाली कांग्रेसकै अर्की सांसदलाई पालो दिएका हुन् । उनको साटो सांसद विष्णुकुमारी सापकोटाले बोलेकी छन्।

बैठकमै ढलेपछि उनलाई सङ्घीय संसद् भवन परिपरमै रहेको स्वास्थ्य कक्षमा उपचारका लागि लगिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...