नेभिगेशन
सबै कुरा

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० श्रृङ्खलामा नेपालकाे लगातार तेश्रो हार

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० श्रृङ्खलामा नेपालले लगातार तेश्रो हार व्यहोरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । नेदरल्यान्डसका लागि आइरिस विलिङ, क्यारोलिन डिल्याङ र हेदर सिजर्सले दुई–दुई तथा इभा लिन्च र इशावेल वनिङले एक–एक विकेट लिइन् ।

Ncell
Extreme Energy

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि सर्वाधिक बबेट डिलेडले ४१ रन बनाइन् ।

नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन् । जितसँगै नेदरल्यान्डसको ६ अकं भएको छ भने नेपाल अंकविहीन छ ।

अर्का टोली थाइल्यान्डको दुई अंक छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । नेपालले अर्को खेलमा मंगलवार थाइल्याण्डसँग खेल्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।

भर्खरै