नेभिगेशन
सबै कुरा

पाथिभरामा नो केबलबार अभियानः झापामा पक्राउ पर्नेको सङ्ख्या ८ पुग्यो, यातायात ठप्प

झापा । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्द लागु गर्न सडकमा पुगेका झापाका ८ जना पक्राउ परेका छन् । ‘पाथिभरामा नो केबलबार अभियान’ अन्तर्गत विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले कोशी प्रदेशका ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । सोही बन्द लागु गराउन भन्दै सडकमा पुगेका ८ जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयका कार्यवहाक सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले सिधाकुरालाई बताए । उनीहरु सार्वजनिक यातायातमा तोडफोड लगायतको कार्यमा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । 

Ncell
Extreme Energy

त्यस्तै बिहानैदेखि बन्दको प्रभाव रहेको झापाको दमकमा यातायातका साधनहरु ठप्पप्राय रहेको डिएसपी श्रेष्ठले बताए । 

मुकुम्लुङ संरक्षण अन्तरदलीय संरक्षण समितिले पाथिभरा केबलकार निर्माणको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो । उक्त बन्दले पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको प्रहरीको भनाई छ । 

प्रदर्शनकारीले केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।

भर्खरै