नेभिगेशन
सबै कुरा

पाथिभरामा नो केबलबार अभियानः झापामा पक्राउ पर्नेको सङ्ख्या ८ पुग्यो, यातायात ठप्प

झापा । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्द लागु गर्न सडकमा पुगेका झापाका ८ जना पक्राउ परेका छन् । ‘पाथिभरामा नो केबलबार अभियान’ अन्तर्गत विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले कोशी प्रदेशका ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । सोही बन्द लागु गराउन भन्दै सडकमा पुगेका ८ जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयका कार्यवहाक सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले सिधाकुरालाई बताए । उनीहरु सार्वजनिक यातायातमा तोडफोड लगायतको कार्यमा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । 

Ncell
Extreme Energy

त्यस्तै बिहानैदेखि बन्दको प्रभाव रहेको झापाको दमकमा यातायातका साधनहरु ठप्पप्राय रहेको डिएसपी श्रेष्ठले बताए । 

मुकुम्लुङ संरक्षण अन्तरदलीय संरक्षण समितिले पाथिभरा केबलकार निर्माणको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो । उक्त बन्दले पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको प्रहरीको भनाई छ । 

प्रदर्शनकारीले केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
महानवमीमा तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो

महानवमीमा तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो

। बडादसैँको महानवमीका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्न श्रद्धालुको घुइँचो लागेको छ।
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने

एनपीएलमा पहिलोपटक डीआरएस प्रयोग हुने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। सिद्धार्थ बैंकको सहयोगमा प्रतियोगितामा डीआरएस भित्र्याउन लागिएको नेपाल प्रिमियर लिगले जनाएको छ।
दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँभरि मौसम सामान्यतया राम्रो रहने देखिए पनि अर्को साता नेपालमा वर्षाको सम्भावना बढेको छ।
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।