नेभिगेशन
सबै कुरा

अवहेलना मुद्दामा प्रभु शाहलाई ७ दिनभित्र जवाफ पेश गर्न अदालतको आदेश

काठमाडौँ । सांसद प्रभु शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ पेश गर्न अदालतले आदेश दिएको छ । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका प्रभु शाहविरुद्ध रौतहट जिल्ला अदालतका न्यायाधीश सम्भुप्रसाद रेग्मीको इजलासले ७ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीशलाई ‘झोले न्यायाधीश’ भनेको विषयलाई प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सांसद शाहले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका आधार बनाएर उनीविरुद्ध आफ्नै पार्टीका मेयरले मुद्दा दर्ता गरेका हुन् । शाह र पार्टी महासचिव त्रिभुवन साहविरुद्ध शुक्रबार दर्ता भएको मुद्दामा अदालतले सो आदेश दिएको हो ।  उनीहरु दुवैजनालाई ‘अदालतको अवहेलना मुद्दामा किन कारबाही गर्नु नपर्ने हो ? खुलाएर ७ दिनभित्र जवाफ पठाउनु’ भन्ने आदेश भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले बताए । 

Ncell
Extreme Energy

सांसद शाहले गत पुस २९ गते आफ्नो फेसबुक अकाउन्टमा नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त बनायो भन्दै टिप्पणी गरेका थिए । उनले  लेखेका थिए, ‘नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेईमान एवं अयोग्य न्यायधीशहरूलाई छानबिनको दायरामा ल्याऊन म सम्मानीय प्रधानन्यायधीश ज्युको बिशेष ध्यानाकर्षण गराउछु ।’

पछिल्लो समय सांसद शाह र मेयर यादवबिच विवाद भइरहेको छ । साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप समेत छ । 

मेयर यादवमाथि आक्रमण गरेको आरोपमा सांसद साहका कार्यकर्ता रहेका गंगाराम बैठालाई अदालतले पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । अदातलको सो आदेशपश्चात सांसद साहले सो अभिव्यक्ति दिएको बुझिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै