नेभिगेशन
सबै कुरा

अवहेलना मुद्दामा प्रभु शाहलाई ७ दिनभित्र जवाफ पेश गर्न अदालतको आदेश

काठमाडौँ । सांसद प्रभु शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ पेश गर्न अदालतले आदेश दिएको छ । आम जनता पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका प्रभु शाहविरुद्ध रौतहट जिल्ला अदालतका न्यायाधीश सम्भुप्रसाद रेग्मीको इजलासले ७ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको हो । 

न्यायाधीशलाई ‘झोले न्यायाधीश’ भनेको विषयलाई प्रभु शाहविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सांसद शाहले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसका आधार बनाएर उनीविरुद्ध आफ्नै पार्टीका मेयरले मुद्दा दर्ता गरेका हुन् । शाह र पार्टी महासचिव त्रिभुवन साहविरुद्ध शुक्रबार दर्ता भएको मुद्दामा अदालतले सो आदेश दिएको हो ।  उनीहरु दुवैजनालाई ‘अदालतको अवहेलना मुद्दामा किन कारबाही गर्नु नपर्ने हो ? खुलाएर ७ दिनभित्र जवाफ पठाउनु’ भन्ने आदेश भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले बताए । 

सांसद शाहले गत पुस २९ गते आफ्नो फेसबुक अकाउन्टमा नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त बनायो भन्दै टिप्पणी गरेका थिए । उनले  लेखेका थिए, ‘नेताहरूको झोले न्यायधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेईमान एवं अयोग्य न्यायधीशहरूलाई छानबिनको दायरामा ल्याऊन म सम्मानीय प्रधानन्यायधीश ज्युको बिशेष ध्यानाकर्षण गराउछु ।’

पछिल्लो समय सांसद शाह र मेयर यादवबिच विवाद भइरहेको छ । साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप समेत छ । 

मेयर यादवमाथि आक्रमण गरेको आरोपमा सांसद साहका कार्यकर्ता रहेका गंगाराम बैठालाई अदालतले पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो । अदातलको सो आदेशपश्चात सांसद साहले सो अभिव्यक्ति दिएको बुझिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...