नेभिगेशन
सबै कुरा

पाथीभरामा नो केबलकार अभियानः पक्राउ परेका अभियन्ता रिहा नगरे राति पनि आन्दोलन चर्काउने चेतावनी

बिर्तामोड । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका अभियन्ता रिहा गर्न आन्दोलित समूहले माग गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलित समूह मुकुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिका संयोजक डकेन्द्र सिंह लिम्बुले पक्राउ परेका आफ्ना १० जना अभियन्ताहरू रिहा नगरे अहिले रोकिएको बन्दको कार्यक्रम पुनः सुरु गरिने बताए । 

Ncell
Extreme Energy

उनका अनुसार अरुण पूर्वको ९ जिल्ला बन्दको दुई दिने कार्यक्रमको पहिलो दिन आज सुनसरीको धरान र झापामा गरी १४ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको छ ।

‘बन्दको पहिलो दिन छिटफुट बाहेक शान्तसँग कार्यक्रम भएको छ,’ लिम्बुले सिधाकुरासँग भने, ‘तर, पनि प्रशासनले हाम्रा १४ जना साथीहरूलाई धरपकड गरेको छ । झापा र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ । हाम्रो साथीहरू नछोडे पुनः अहिल्यै आन्दोलनका कार्यक्रम सुरु गर्छौँ ।’

झापाबाट प्रकाउ पर्नेहरुमा प्रकाश लाबुंग, नामसाहांग लिम्बू, सन्गेश लिम्बू, सुकविर लिम्बू, आदित्य फियाक, धन कुमार लिम्बू, पदम बेघा र संजय ताजपुरीया रहेका छन् । 

जिल्ला प्रशासन र प्रहरीले आफूहरूलाई सडकको मोर्चा छोडे मात्रै पक्राउ गरेकाहरू रिहाई गर्ने शर्त राखेको पनि संयोजक लिम्बुले बताए । 

व्यवसायी चन्द्र प्रसाद ढकालको कम्पनी आइएमई ग्रुप अन्तर्रगतको भगिनी कम्पनी पाथिभरा दर्शन केबलकार प्रालिले पाथिभरामा केबलकार परियोजना अघि बढाउन काम सुरु गरेको छ । सोको विरोधमा भएको प्रर्दशनमा गत साता प्रहरीले केबलकार निर्माण भइरहेको काफ्लेपाटी क्षेत्रमा स्थानीयमाथि गोली प्रहार गरेको थियो  । 

यस्तै, आन्दोलनको नेतृत्व गरेको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २ जना अभियन्तालाई पक्राउ गरेको छ । विरोधका बावजुत केबलकार निर्माण कार्य नरोकिएपछि स्थानीयहरु संगठित रुपमा चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै