नेभिगेशन
सबै कुरा

उमा गौरी सहकारी संस्थाका अध्यक्ष रौनियार पुर्पक्षका लागि जेल चलान

विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अन्जला कोइराला समेत जोडिएको मोरङको उमा गौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार रौनियारलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

Ncell
Extreme Energy

सहकारी ठगी मुद्दामा मुख्य अभियुक्त बनाइएका रौनियारसँगै २६ जनालाई प्रतिवादी बनाउँदै मङ्सिर २७ गते अदालतमा मुद्दा दायर भएको थियो । सबैसँग २२ करोड ४८ लाख २७ हजार बिगो माग दाबी गरिएको थियो । 

सहकारीको पूर्व सञ्चालक समिति सदस्य रहकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अन्जला कोइराला भने १० लाख धरौटीमा रिहा भएकी छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँभरि मौसम सामान्यतया राम्रो रहने देखिए पनि अर्को साता नेपालमा वर्षाको सम्भावना बढेको छ।
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।