नेभिगेशन
सबै कुरा

काठमाडौँका यी स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

Ncell
Extreme Energy

यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन गएकामा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।

भर्खरै