नेभिगेशन
सबै कुरा

काठमाडौँका यी स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ती फिडरअन्तर्गतका स्थानमा आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलङ्की मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र र २७ गते जोरपाटी फिडरअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

Ncell
Extreme Energy

यस्तै माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुन गएकामा क्षमा माग्दै प्राधिकरणले मौसम प्रतिकूल रहेमा ‘सटडाउन’ नहुने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँमा मौसम सफा रहने, अर्को साता वर्षाको सम्भावना

दशैँभरि मौसम सामान्यतया राम्रो रहने देखिए पनि अर्को साता नेपालमा वर्षाको सम्भावना बढेको छ।
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।