नेभिगेशन
सबै कुरा

मुक्कुम्लुङ अतिक्रमण विरुद्ध काठमाडौँमा प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केहि समय देखि विवाद चलिरहेको छ । गत गत माघ १२ गते केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलि लागि ४ जना घाइते भएका थिए। प्रहरीले गोली चलाएपछि आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नो केबलकार समूहले गत मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बूवान बन्दको घोषणा समेत गरेको छन् । 

Ncell
Extreme Energy

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायतको जिल्ला बन्दको घोषणा गरेको हो । २० र २१ गतेसम्म आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बूवान आमहड्ताल घोषणा गरिने जनाइएको छ । सोही क्रममा आज मुक्कुम्लुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा पनि प्रदर्शन गरेको छ । उनीहरुले त्यही  विषयमा आधारित सडक नाटक समेत देखाएका छन्।











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...