नेभिगेशन
सबै कुरा

मुक्कुम्लुङ अतिक्रमण विरुद्ध काठमाडौँमा प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केहि समय देखि विवाद चलिरहेको छ । गत गत माघ १२ गते केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलि लागि ४ जना घाइते भएका थिए। प्रहरीले गोली चलाएपछि आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नो केबलकार समूहले गत मङ्गलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला लिम्बूवान बन्दको घोषणा समेत गरेको छन् । 

Ncell
Extreme Energy

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभालगायतको जिल्ला बन्दको घोषणा गरेको हो । २० र २१ गतेसम्म आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बूवान आमहड्ताल घोषणा गरिने जनाइएको छ । सोही क्रममा आज मुक्कुम्लुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा पनि प्रदर्शन गरेको छ । उनीहरुले त्यही  विषयमा आधारित सडक नाटक समेत देखाएका छन्।











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।