नेभिगेशन
सबै कुरा

तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन

मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए। उनका अनुसार आगो निभाउने प्रयास जारी छ । 

“आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्”,  आचार्यले भने, “भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।” अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताउनुभयो । उनले भने, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजङ्गलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।”

सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताए । उनले भने, “सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।” सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ । 

“आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्दछ । चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नाश हुने सम्भावना छ”, कार्यालय प्रमुख भुजेलले भने । उनका अनुसार यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको छ ।

विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...