नेभिगेशन
सबै कुरा

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १५ जना व्यक्ति र ६ संस्थाविरुद्ध मुद्दा दर्ता भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्य प्रतिवादीहरुमा छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै साहारा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिलाई पनि प्रतिवादी बनाइएको छ । रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ । 

यसअघि असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यतिबेला जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उक्त मुद्दामा रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन ।  अहिले पुरक निवेदनको आधारमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

उक्त मुद्दामा ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

बाढी प्रभावित नागरिकसम्म राहत नपुगे सरकारलाई खबर गर्नुस् : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले बूढीगण्डकी बाढी प्रभावित नागरिकसम्म राहत तथा सेवा सुविधा नपुगे आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन्।
प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

प्रवचन दिइरहेका बेला भित्ताबाट क्रस खस्यो, पादरीको मृत्यु

इक्वेडरको गुयाकिल सहरमा प्रार्थना सभा प्रत्यक्ष प्रसारण भइरहेका बेला भित्तामा झुन्ड्याइएको ठूलो काठको क्रस खसेर लाग्दा एक क्याथोलिक पादरीको मृत्यु भएको छ।
आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

आज महानवमी पर्व, शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो

बडादसैँको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा...