नेभिगेशन
सबै कुरा

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’

चितवन । भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रुपमा देखापरेको ‘ट्रोपिलाप्सिस  माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृषि तथा वन विज्ञान विश्वविद्यालयले यहाँ आयोजना गरेको तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकले जिल्लाको मौरी घारको निरीक्षणका क्रममा सो माइट फेला पारेका हुन् । 

Ncell
Extreme Energy

विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षणका क्रममा माइट देखिएको हो । विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाका अनुसार विश्वविद्यालयको मौरी तथा परागसेचनविज्ञ डा केदार देवकोटा, मौरी विकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई, आङ्दोङ् विश्वविद्यालय दक्षिण कोरियाका वैज्ञानिक चुलिआइ जुन र नेस्नल चुङ् सिङ विश्वविद्यालय ताइवानका वैज्ञानिक जेन यानसहितको टोलीले गरेको निरीक्षणका क्रममा माइट भेटिएको हो ।

सम्पूर्ण प्रमाण समावेश गरी नेपाल सरकारलाई पेस गरेपछि आधिकारिक रुपमा सरकारले माइट  भएको प्रमाणित गर्नुपर्ने हुन्छ । हालसम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको जनाउँदै आएको छ । खाग र भिर मौरीमा देखिएको भने पनि व्यावसायिक रुपमा पालिएका मेलिफेरामा रोग देखिएको थिएन । मौरी तथा परागसेचनविज्ञ देवकोटाले विदेशी वैज्ञानिकहरुले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन् ।

सोही क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्तमा थप बढ्ने भएकाले सतर्क रहन कृषक र नेपाली विज्ञलाई समेत उहाँहरुले सुझाव दिएको देवकोटाले जानकारी दिए । उनका अनुसार तीन महिनाअघि नेदरल्यान्डमा भएको मौरीको रोग कीरा व्यवस्थापनसम्बन्धी सम्मेलनमा एसियाका देशमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका विषयमा छलफल गरिएको थियो ।

वैज्ञानिकहरुसँगै रहेका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब कृषक सतर्क भएर काम गर्नुपर्ने बताए । माइट फैलन नदिन सावधानी अपनाएर काम गर्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य विभिन्न महत्वपूर्ण उपलब्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताए । 

उनले भने, “यसले मौरीलाई ठूलो असर पु¥याउँछ, समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्छ ।” भारतलगायत देशमा यो समस्याका कारण मह उत्पादनमा कमी आउने गरेको छ । सम्मेलनमा नेपालसहित अमेरिका, ताइवान, कोरिया, बङ्गलादेश, भारत र नर्वेका वैज्ञानिक सहभागी छन् । 

सम्मेलनमा विश्वविद्यालयले गरेको अनुसन्धानका विषयमा छलफल, अन्तरराष्ट्रियस्तरमा कृषिसम्बन्धी भएका अनुसन्धान र अवस्थाका बारेमा छलफल, विश्विद्यालयले आगामी दिनमा गर्ने अनुसन्धानका विषयको पहिचान एवं प्राथमिकीकरण लगायत विषयमा बृहत् रुपमा अन्तरक्रिया गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादव दाउन्नेबाट पक्राउ परेका छन्। उनीविरुद्ध प्रहरीमा किर्ते र ठगीको जाहेरी परेको थियो।
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्नसक्ने बताउँदै परराष्ट्रमन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता,...