नेभिगेशन
सबै कुरा

नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च गरिएको अमेरिकी सांसदको आरोप

काठमाडौँ । अमेरिकाका एक सांसदले नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च भएको आरोप लगाएका छन् । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च गरेको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकाको विदेश मामिला समितिका सभापतिसमेत रहेका सांसद मास्टले सीबीएसको ‘फेस द नेसन’मा मार्गरेट ब्रेननसँगको अन्तवार्तामा सो आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘नेपालमा नास्तिकता फैलाउन आधा मिलियन डलर खर्च भएको छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले कोलम्बियामा ट्रान्सजेन्डर अपरेसनमा ५० हजार अमेरिकी डलर, पेरूमा एलजीबीटीक्यू सम्बन्धमा ४७ हजार अमेरिकी डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार अमेरिकी डलर खर्च भएको उदाहरण पनि प्रस्तुत गरेका छन्।

त्यसो त सांसद मास्टले यो विवादास्पद अभिव्यक्ति पहिलोपटक दिएका भने होइनन् । मास्टले गत चैतमा समेत नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भन्दे संसदमै प्रश्न उठाएका थिए । त्यस्तै उनले गत सेप्टेम्बरमा सो विषयलाई लिएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र नै लेखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।