नेभिगेशन
सबै कुरा

सामाजिक सद्भाव विथोल्ने प्रयास रोक्न विधेयक ल्याइएको सञ्चारमन्त्रीको दावी

काठमाडौँ । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानून आवश्यक परेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल टेलिकमको बार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत एक–अर्कालाई ठोस पुराउने क्रियाकलाप बढ्दै गएकाले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताएका हुन् । विधेयकका बारेमा विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक रहेको उनले बताए । उनले राष्ट्रिय एकता खल्बलाउने काम देशद्रोह भन्ने आधारमा दण्ड र सजाय तोकिएको जिकिर गरे । देशका बिरुद्ध मनपरी लेख्न पाउनुपर्ने कुरालाई प्रेस स्वतन्त्रता भन्न खोज्ने कुरामा राज्य सहमत नरहेको उनले बताए । 

Ncell
Extreme Energy

मन्त्री गुरुङले सुसुचित हुने जनताको अधिकार नखोस्ने र जनताको वाक स्वतन्त्रको ग्यारेन्टी सरकारले गर्ने धारणा राखे । अराजकतालाई नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ । त्यस्तै सञ्चारमन्त्री गुरुङले सुशासन र आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याएको र ४७ साल यताकै ठूलो सुधारको प्रयास भएको दावी गरे । 

उनले नेपाल टेलिकमको सेवाको गुणस्तर बढाउन र नयाँ प्रविधिको प्रयोगबाट सेवा विस्तार गर्न निर्देशन दिए । कार्यक्रममा टेलिकमका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।