नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषद् बैठक :

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले २०८२ साल जेष्ठ पहिलो साता काठमाडौँमा सगरमाथा सम्वाद आयोजना गर्ने निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ साल जेष्ठ २, ३ र ४ गते काठमाडौँमा सगरमाथा सम्वाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको काम कारवाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौँ उपत्यका मुकाम रहने गरि उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले बालसुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा बिहिन बालकालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ भने शहरी बिकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुका लागि चालू आर्थिक बर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र(दोश्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्ति जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्...
सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ

सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ

बैठकलाई सम्बोधन गर्दै उनले भने– ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्नँ। दबाएर म दबिन्नँ। फकाएर फकिन्नँ। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई...
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।
ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

नेकपा एमालेभित्रको शक्ति संघर्षले फेरि नयाँ आकार लिन थालेको नेताहरूले बताएका छन् ।