नेभिगेशन
सबै कुरा

रवि लामिछाने आज चितवन जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत चितवनमा उपस्थित हुने भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपमा हिजो चितवनमा मुद्दा दर्ता भएपछि अदालती प्रक्रियामा सहभागी हुन उनी आज अदालत उपस्थित हुन लागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछाने चितवन पुगिसकेका छन् । उनी आज १० वजे अदालत उपस्थित हुने रास्वापाका एक नेताले बताए । 

Ncell
Extreme Energy

लामिछानेविरुद्ध ठगी र सङ्गठित अपराधको दुवै अभियोग नलिई मुलुकी अपराध संहित २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीतको कसुरमा सोहीअनुरूप दफा २४९ को उपदफा ३ ग बमोजिम सजाय हुने मागदाबी भएको छ ।

मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।  व्यक्तिबाहेक  छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन् । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित छ वटा संस्था रहेका हुन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीहरु  गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालिविरुद्ध पनि मुद्दा चलाइएको छ । 

मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएकाहरू जीवि राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

यसअघि असोज ८ मा १७ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।  सरकारी वकिल कार्यालयले जीवि राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरूङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पूरक अभियोग आज दर्ता गरिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७  रहेको छ । 

हाल जोहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । रू  ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१  दशमलव ४७  जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।  

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने मागदाबी छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार ठगीको हकमा मुलुकी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ विरूद्धको कसुरमा सोही ऐनको दफा ३ (ग) बमोजिम सजायको मागदाबी र सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३, १, २, ३ (क) र ५ को कसुरमा दफा ९ (क) र (ग) बमोजिम सजायको मागदाबी लिइएको छ । लामिछानेको हकमा ठगी मुद्दा दर्ता भएको छ तर बिगो दाबी गरिएको छैन ।

दर्ता हुन आएको अभियोगमा ३२ जना प्रतिवादी कायम गरी पाँच जनालाई अभियोगका साथ उपस्थित गराइएको छ । लामिछाने, रामबहादुर खनाल, छविलाल जोशी, कुमार रम्तेल र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङ  अभियोगसहित उपस्थित भएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

संसदको बर्खे अधिवेशन सुरु भएको २० दिन बित्न लाग्दा प्रतिनिधिसभाका कुनै पनि बैठक सहज रुपमा चल्न सकेको छैन । ०४६ मा बहुदल आएपछि संसदमा यस्तै विरोधमात्रै भयो, काम...
भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको  सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।
निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध...
आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

प्रधानमन्त्री वालेन्द्र शाहको  सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।