नेभिगेशन
सबै कुरा

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको थियो ।

Ncell
Extreme Energy

प्रशासनिक बिदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई’ प्रभावित गर्नेछ । “तपाईंलाई सेवाका लागि धन्यवाद”, विज्ञप्तिमा उल्लेख छ ।

यो कदम ट्रम्प र उनका अर्बपति सहयोगी एलन मस्कको अमेरिकी सरकारलाई सङ्कुचित गर्ने आमूल अभियानको एक हिस्सा हो । 

अमेरिकी विदेश नीतिको सहायता शाखा युएसएडले विश्वका सबैभन्दा गरीब क्षेत्रहरू सहित लगभग १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्दछ ।

सन् १९६१ मा स्थापित यस निकायको ४० अर्ब डलरभन्दा बढीको बजेट अमेरिकी सरकारको लगभग ७० खर्ब डलरको कूल वार्षिक खर्चमा सानो अंश मात्र हो ।

आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) का अनुसार संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो आधिकारिक विकास सहायता प्रदायक हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गरेको छ। क्लबले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।