नेभिगेशन
सबै कुरा

चितवनमा रविको बयान सकियो, थुनछेक बहस सुरु

काठमाडौं । साहारा सहकारी प्रकरणमा थुनछेकका लागि चितवन अदालतमा हाजिर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवन अदालतका न्यायाधीश  दयाराम ढकालको इजलासमा १२ बजेबाट सुरु भएको बयान सकिएर थुनछेक सुरु भएको जिल्ला अदालत स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

थुनछेक बहसका लागि सहकारी पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता, दुई जना सहन्यायाधिवक्तासहित ७ जनाले वकालतनामा दिएका छन् भने  रवि लामिछानेका तर्फबाट ६ जनाले वकालतनामा बुझाएका छन् । 

जाहेरकर्ताका तर्फबाट आजै सरुवा भएर चितवन पुगेका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने सहित उपन्यायाधिवक्ता बुद्धबहादुर थापा लगायत रहेका छन् भने पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले लगायतले वकालतनामा हालेका छन् । 

यस्तै लामिछानेका तर्फबाट बहसको लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा.नारायणदत्त कँडेल, चुडामणी सापकोटा लगायतले वकालतनामा हालेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गरेको छ। क्लबले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।