नेभिगेशन
सबै कुरा

रविविरुद्ध सरकारको आदेश नमान्ने सरकारी वकिललाई सरुवा गरेपछि सोविता भन्छिन्ः न्याय होइन, प्रतिशोध चलिरहेको छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा सांसद सोबिता गौतमले उस्तै मुद्दामा पार्टी सभापति रवि लामिछानेमाथि अभियोग लगाउँदा अरु पार्टीसम्बद्ध नेताहरूले उन्मुक्ति दिइनु न्याय नभई प्रतिशोध भएको बताएकी छिन् । 

गौतमले सञ्जालमा न्याय नभई प्रतिशोध चलिरहेको पुष्टि भएको लेखेक छिन् । यसका लागि गौतमले केहि आधार उल्लेख गरेकी छिन् । 

उनले लेखेकी छिन् , 'सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा एमाले केन्द्रीय सदस्य राजीव पहारी जोगिए। तर, रवि लामिछानेलाई ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग'।

सुर्यदर्शन सहकारीको पैसा निकासमा उस्तै प्रकृतीको घटनामा पार्टी सदस्यताको आधारमा अभियोजन लगाइनुले प्रतिशोध पुष्टि भएको उल्लेख गरेकी छिन् । 

यस्तैले उनले गलत भएपनि सत्तानिका भएकै कारण उन्मुक्ती पाउने उल्लेख गर्दै उनले लेखेकी छन् ,'कांग्रेस सांसद विनोद चौधरी संलग्न बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना तर महान्यायाधिवक्ता कार्यालयले गर्‍यो मुद्दा नचलाउने निर्णय। भनेपछि सत्तासीनका लागि उन्मुक्ति हुने स्पष्ट भयो त '।

उनले उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य जोडिएको बाल मन्दिर प्रकरणमा पनि त्यही चाल भएको बताएकी छन्। 

साथै उनले रवि लामिछानेको मुद्दामा सरकारको निर्देशन अटेर गर्दै अभियोजन गर्ने वकिललाई समेत प्रतिशोध साँधिएको उल्लेख गर्दै लेखेकी छिन् 'यता रवि लामिछानेलाई रातारात सरुवा। सरकारले सङ्गठित अपराधको मुद्दा चलाउन दबाब दियो, सरकारी वकिलले ठगीमा मात्र दर्ता गरेपछि आकस्मिक सरूवा गरियो। सरुवा स्वाभाविक हो। तर, आकस्मिक सरूवा ? हुँदाहुँदै अब सरकारी वकिलमाथी पनी प्रतिशोध !  सरकारको असन्तुष्टि छर्लंगै पोख्खियो !' 

अधिवक्ता समेत रहेकी सांसद गौतमले महान्यायाधिवक्ताको भूमिका माथि पनि प्रश्न उठाएकी छिन् । उनले सरकारलाई कानुनी सल्लाह दिनुपर्ने महान्यायाधिक्ता, अहिले सरकारको सल्लाहमा चल्ने अवस्थामा रहेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, 'अब महान्यायाधिवक्ता सरकारलाई होइन, सरकार महान्यायाधिवक्तालाई सल्लाह दिने अवस्थामा पुगेको छ !'

गौतमले सत्तारुण दलका दोस्रो पुस्ताका नेताहरुलाई सत्य र न्यायको पक्षमा आँखा जुधाएर प्रवचन दिन चुनौती दिएकी छिन् । उनले लेखेकी छिन्, 'जे होस, दुरगामी राजनीति गर्ने सरकारकारमा रहेका दलका दोस्रो पुस्ताका रूपमा परिचित वरिष्ठ नेताहरूले सुशासनका प्रवचन दिदै कसरी आँखा जुधाएर सत्य र न्यायको कुरा गर्छन्, हेर्न बाँकी छ !

तर जनताको विवेकको कसीमा यो प्रतिशोधकै खेल साबित भइसकेको छ!'

यस्तो छ उनको फेसबूक स्टाटस्ः


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...