नेभिगेशन
सबै कुरा

रविविरुद्ध सरकारको आदेश नमान्ने सरकारी वकिललाई सरुवा गरेपछि सोविता भन्छिन्ः न्याय होइन, प्रतिशोध चलिरहेको छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा सांसद सोबिता गौतमले उस्तै मुद्दामा पार्टी सभापति रवि लामिछानेमाथि अभियोग लगाउँदा अरु पार्टीसम्बद्ध नेताहरूले उन्मुक्ति दिइनु न्याय नभई प्रतिशोध भएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गौतमले सञ्जालमा न्याय नभई प्रतिशोध चलिरहेको पुष्टि भएको लेखेक छिन् । यसका लागि गौतमले केहि आधार उल्लेख गरेकी छिन् । 

Ncell
Extreme Energy

उनले लेखेकी छिन् , 'सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा एमाले केन्द्रीय सदस्य राजीव पहारी जोगिए। तर, रवि लामिछानेलाई ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग'।

सुर्यदर्शन सहकारीको पैसा निकासमा उस्तै प्रकृतीको घटनामा पार्टी सदस्यताको आधारमा अभियोजन लगाइनुले प्रतिशोध पुष्टि भएको उल्लेख गरेकी छिन् । 

यस्तैले उनले गलत भएपनि सत्तानिका भएकै कारण उन्मुक्ती पाउने उल्लेख गर्दै उनले लेखेकी छन् ,'कांग्रेस सांसद विनोद चौधरी संलग्न बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना तर महान्यायाधिवक्ता कार्यालयले गर्‍यो मुद्दा नचलाउने निर्णय। भनेपछि सत्तासीनका लागि उन्मुक्ति हुने स्पष्ट भयो त '।

उनले उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्य जोडिएको बाल मन्दिर प्रकरणमा पनि त्यही चाल भएको बताएकी छन्। 

साथै उनले रवि लामिछानेको मुद्दामा सरकारको निर्देशन अटेर गर्दै अभियोजन गर्ने वकिललाई समेत प्रतिशोध साँधिएको उल्लेख गर्दै लेखेकी छिन् 'यता रवि लामिछानेलाई रातारात सरुवा। सरकारले सङ्गठित अपराधको मुद्दा चलाउन दबाब दियो, सरकारी वकिलले ठगीमा मात्र दर्ता गरेपछि आकस्मिक सरूवा गरियो। सरुवा स्वाभाविक हो। तर, आकस्मिक सरूवा ? हुँदाहुँदै अब सरकारी वकिलमाथी पनी प्रतिशोध !  सरकारको असन्तुष्टि छर्लंगै पोख्खियो !' 

अधिवक्ता समेत रहेकी सांसद गौतमले महान्यायाधिवक्ताको भूमिका माथि पनि प्रश्न उठाएकी छिन् । उनले सरकारलाई कानुनी सल्लाह दिनुपर्ने महान्यायाधिक्ता, अहिले सरकारको सल्लाहमा चल्ने अवस्थामा रहेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, 'अब महान्यायाधिवक्ता सरकारलाई होइन, सरकार महान्यायाधिवक्तालाई सल्लाह दिने अवस्थामा पुगेको छ !'

गौतमले सत्तारुण दलका दोस्रो पुस्ताका नेताहरुलाई सत्य र न्यायको पक्षमा आँखा जुधाएर प्रवचन दिन चुनौती दिएकी छिन् । उनले लेखेकी छिन्, 'जे होस, दुरगामी राजनीति गर्ने सरकारकारमा रहेका दलका दोस्रो पुस्ताका रूपमा परिचित वरिष्ठ नेताहरूले सुशासनका प्रवचन दिदै कसरी आँखा जुधाएर सत्य र न्यायको कुरा गर्छन्, हेर्न बाँकी छ !

तर जनताको विवेकको कसीमा यो प्रतिशोधकै खेल साबित भइसकेको छ!'

यस्तो छ उनको फेसबूक स्टाटस्ः


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै