नेभिगेशन
सबै कुरा

सामाजिक सञ्जाल विद्येयककाे विराेधमा बालेन, भन्छन् - 'मलाई बोल्न दे सरकार, अपराध हैन'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति असहमति जनाउँदै 'मलाई बोल्न दे, सरकार, अपराध हैन' भन्ने आफ्नो पुरानो गीतको भिडिओ शेयर गरेका छन् । 

हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्दै नियन्त्रण केन्द्रित रहेको भन्दै आलोचना भइरहेको छ । 

Global Ime Bank

साेही क्रममा बिना टिप्पणी भिडियाे शेयर गरेका बालेनको गीतमा 'मलाई बोल्न दे, सरकार, अपराध हैन ,कानुन पो लाग्छ कि ? आवाज उठाउँदैमा'' भन्ने पङ्ति छ, जुन अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको छ । 

बालेनले शेयर गरेको गीतको अंश यस्तो छ:

बलिदानको गीतामा मेरो शब्दको सलामी

गाउँ-गाउँ बाट उठ युवा कलम थामी

सोर्है आना सही कुरा, सुन सोची साराले

भुमरीमा भौतारी भविष्य अभिभाराले


के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले

के भन्न पो बाँकी छ, बुद्ध नै साँची छ

कोपिला मास्दा के फुल्छ त्यो डालीमा?

आँसु र रगत लुकेको छ लालीमा


हाँसोमा बारुदको गन्ध, सधैँको द्वन्द्व

कहाँ खोजौँ शान्तिको सन्देश, कवितालाई छन्द

पवित्र छ मन त, धेरै छ नि भन्न

कुरा सुख-दुखको, मुखै भो बन्द

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका कारण सांसदको लोगो लगाउँदा पनि अपमानित भएको महसुस गर्नुपर्ने अवस्था बन्योः महेश बर्तौला

रास्वपाका कारण सांसदको लोगो लगाउँदा पनि अपमानित भएको महसुस गर्नुपर्ने अवस्था बन्योः महेश बर्तौला

उहाँहरु जे शैली अवलम्बन गरिरहनुभएको छ, उहाँहरुले विरोध राखेको मुद्दाका बारेमा हामीलाई आपत्ति छैन । तर शैली गर्दा यो लोगो (संसदको लोगो) लगाएर हिड्न पनि आफैँलाई अपमानित गर्नुपर्ने...
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप

आज दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षमा मेयर र उपमेयरबीच वडा नम्बर १६ मा ग्याबिन जाली राखिएको भुक्तानीबारे विवाद भएको थियो ।...
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
संसद बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

संसद बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

आज निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का...