नेभिगेशन
सबै कुरा

अध्यादेशविरुद्ध सदनमा शसक्त रुपमा प्रस्तुत हुने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएको अध्यादेशविरुद्ध सदनमा शसक्त रुपमा धारणा राख्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दल बैठकले ६ वटा अध्यादेशबिरुद्ध विरोधका सूचना दर्ता गरेको भन्दै अध्यादेशविरुद्ध सदनमा शसक्त धारणा राख्ने निर्णय गरेको हो ।

बैठकले संसदको चालू अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा सभामुखले बोल्न समय नदिएकोप्रति आपत्ती जनाउँदै आगामी बैठकको आकस्मिक समयमा बोल्न समय माग गर्ने निर्णय गरेको छ भने संसदमा बिचाराधीन विधेयकलाई अध्ययन गर्नका लागि पार्टीको विधेयक अध्ययन समितिलाई सक्रिय बनाउने निर्णय गरिएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन् । 

त्यस्तै आगामी दिनका संसदको बैठकका शुन्य र विशेष समयमा पार्टीको एजेण्डा र जनताका आवाजलाई प्रभावकारी ढंगले उठान गर्ने निर्णय गरिएको सचेतक डाँगीले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...