नेभिगेशन
सबै कुरा

सेनाको ७ राउण्ड गोलीपछि लामितालमा ढल्यो 'मकुना'

चितवनमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको गोली प्रहारबाट जंगली हात्ती मकुनाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निकुञ्जका अनुसार बुधबार मकुनाले  जंगल बाहिर निस्किएर दुख दिन थालेपछि नियन्त्रणमा लिएर कोर क्षेत्रतर्फ पठाउने प्रयास गरिएको थियो । तर निकुञ्ज र सेनाको टोलीमाथि जाइलागेपछि मकुनालाई ३ राउन्ड गोली हानिएको थियो । 

Ncell
Extreme Energy

 गत असोजदेखि सौराहा क्षेत्रमा देखिन थालेको मकुना जंगलमा भन्दा बस्तीतर्फ बढी देखिन थालेपछि उसलाई कोर क्षेत्रमा पठाउन निकुञ्जले यस अघिदेखिनै प्रयास गरिरहेको थियो। निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको नयाँ गोरखगण(क) गुल्मी सौराहामाा खटिएको छ । 

निकुञ्जले जारी गरेको विज्ञप्ती अनुसार बुधबार दिउँसो हात्ती स्विप गस्ती टोलीले स्विपिङ गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात् मकुनासँग भेट भएको थियो।

सेना र निकुञ्जका कर्मचारी घरपालुवा साना हात्ति चुरेगज र खगेन्द्रप्रसादमा सवार थिए । निकुञ्जले भनेको छ ‘उसले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ‘वार्निङ’ (चेतावनी) हवाई फायर गरेको थियो’, ‘त्यसो गर्दा पनि मकुना भागेन। ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो। खगेन्द्रप्रसादमा सवार रेजर श्याम तामाङ भुइँमा खसे। उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो।’

निकुञ्जका अनुसार गोली हानेपछि मकुना केही पर भागेको थियो। तर फेरि फर्किएर आक्रमण गर्न आएपछि टोलीले अर्को राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेपछि भागेको उक्त जंगली हात्ती खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थियो ।

तत्कालै उठाउने प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सकसहितको प्राविधिक टोलीले मकुना मरिसकेको घोषणा गरेको थियो ।

घटनास्थलमा हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको पाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।