नेभिगेशन
सबै कुरा

सेनाको ७ राउण्ड गोलीपछि लामितालमा ढल्यो 'मकुना'

चितवनमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको गोली प्रहारबाट जंगली हात्ती मकुनाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निकुञ्जका अनुसार बुधबार मकुनाले  जंगल बाहिर निस्किएर दुख दिन थालेपछि नियन्त्रणमा लिएर कोर क्षेत्रतर्फ पठाउने प्रयास गरिएको थियो । तर निकुञ्ज र सेनाको टोलीमाथि जाइलागेपछि मकुनालाई ३ राउन्ड गोली हानिएको थियो । 

Ncell
Extreme Energy

 गत असोजदेखि सौराहा क्षेत्रमा देखिन थालेको मकुना जंगलमा भन्दा बस्तीतर्फ बढी देखिन थालेपछि उसलाई कोर क्षेत्रमा पठाउन निकुञ्जले यस अघिदेखिनै प्रयास गरिरहेको थियो। निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको नयाँ गोरखगण(क) गुल्मी सौराहामाा खटिएको छ । 

निकुञ्जले जारी गरेको विज्ञप्ती अनुसार बुधबार दिउँसो हात्ती स्विप गस्ती टोलीले स्विपिङ गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात् मकुनासँग भेट भएको थियो।

सेना र निकुञ्जका कर्मचारी घरपालुवा साना हात्ति चुरेगज र खगेन्द्रप्रसादमा सवार थिए । निकुञ्जले भनेको छ ‘उसले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ‘वार्निङ’ (चेतावनी) हवाई फायर गरेको थियो’, ‘त्यसो गर्दा पनि मकुना भागेन। ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो। खगेन्द्रप्रसादमा सवार रेजर श्याम तामाङ भुइँमा खसे। उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो।’

निकुञ्जका अनुसार गोली हानेपछि मकुना केही पर भागेको थियो। तर फेरि फर्किएर आक्रमण गर्न आएपछि टोलीले अर्को राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेपछि भागेको उक्त जंगली हात्ती खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थियो ।

तत्कालै उठाउने प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सकसहितको प्राविधिक टोलीले मकुना मरिसकेको घोषणा गरेको थियो ।

घटनास्थलमा हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको पाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गरेको छ। क्लबले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।