नेभिगेशन
सबै कुरा

सरकारले ल्याएका अध्यादेश संसदबाट पारित गर्न कांग्रेसकाे समर्थन

काठमाडाैँ । नेपाली कांग्रेसले नेपाल सरकारले ल्याएको अध्यादेश पारित गर्न ह्विप जारी गरेको छ । सत्तारुढ दल कांग्रेसको संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको संसदीय दलको बैठकले सरकारले संसदमा ल्याएको अध्यादेशको पक्षमा उभिन सांसदहरूलाइ ह्ववीप जारी गरेको हो । 

त्यस्तै नेपाली कांग्रेसले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु अविलम्व संसदमा पेश गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले संघीय व्यवस्थालाई सुदृढ पार्न धेरै कानून बनाउन बाँकी रहेको अवस्थामा संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरु अविलम्व संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकले संसदमा विचाराधीन रहेका विधेयकहरु आउँदो अधिवेशनबाट पारित गर्न संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...