नेभिगेशन
सबै कुरा

चितवनमा रविका अधिवक्ताको बहस सुरु, आजै थुनछेकको आदेश आउने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको साहारा सहकारीको मुद्दामा वादी तथा जोहरवाला तर्फको  बहस सकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट पूर्वमहान्यायधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता शुसिल पन्तले बहस सुरु गरेका छन् ।

Ncell
Extreme Energy

बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बिहानमात्रै हाजिर भएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धवहादुर थापाले बहस गरेका थिए । साथै जोहरकर्ताका तर्फबाट पनि एक जना अधिवक्ताले बहस सुरु गरिसकेका थिए । 

तर विहिबार पनि सरकारी वकिलका तर्फबाट बहस गर्न महान्यायाधिवक्तको कार्यालयले बारा, पर्सा र धादिङ्ग जिल्ला न्यायाधिवक्ताहरुलाई चितवन पठाएको थियो । 

आज वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु बारा जिल्लाका शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका भोलानाथ निरौला र धादिङ्ग जिल्लाका दशरथ पङ्गेनीले बहस गरेका छन्।

जाहेरवालाहरुको तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारी र सुरेन्द्र भण्डारीले बहस गरेका छन्।

वादी र जाहेरवालाको तर्फबाट बहस सकिएसँगै अहिले प्रतिवादीको तर्फबाट बहस भइरहेको छ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले बहस गरिरहेका छन् । 

लामिछानेका तर्फका अधिवक्ताहरुले लामो बहस नगर्ने मनस्थितिमा रहेको बताएका छन् । वादी तथा जाहेरकर्ताका तर्फबाट थुनछेक लम्ब्याउन खोजे जस्तो देखिएकाले प्रतिवादी तर्फबाट एक दुई जनाले मात्रै बहस गर्ने एक अधिवक्ताले जानकारी दिए । 

उनका अनुसार प्रतिवादीको बहसपछि फेरी वादी तर्फबाट जवाफी बहस सकिएमा आजै आदेश आउने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।