नेभिगेशन
सबै कुरा

प्रतिनिधि सभा बैठक LIVE

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा)को बैठक सुरु भएको छ । बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्नो धारणा राखिरहनुभएको छ । आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ । यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो । अध्यादेश हटाइएको र संशोधित कार्यसूची आउन बाँकी रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गगर्ने कार्यसूची तय गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिनेछ । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९÷८०’ पेश गर्नुहुने कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेश गर्नेछन् ।

प्रतिनिधिसभामा प्रमुखप्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकलाई सम्बोधन गर्नेछन् ।  सरकारकातर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पनि बैठकलाई सम्बोेधन गर्नहुने जनाइएको छ । भ्रष्टाचार र सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि सदनमा टेबुल गरिनेछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।