नेभिगेशन
सबै कुरा

सरकारले पाथिभरा केबलकारका नाममा नागरिकको रगत बगायोः सांसद चौधरी

काठमाडौँ । ताप्लेजुङको पवित्र भूमि मुक्कुमलुङमा सरकारले केबलकार बनाउने भन्दै नागरिकमाथि दमन गरेको भन्दै संसदमा विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सरकारको दमन अस्वीकार्य भएको बताए । उनले पवित्र भूमिमा सरकारले नगरिकको रगत बगाएको र सांस्कृतिक अतिक्रमण गरेको सकेत बताए । प्रतिनिधिसभाको शुन्य समयमा सांसद चौधरीले दिएको अभिव्यक्ति यस्तो छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'ताप्लेजुङको पवित्र भूमि मुक्कुमलुङ जहाँ श्रद्धा र भक्ति प्रभावित हुनुपर्थ्यो । तर त्यहाँ निदोष नागरिकको रगत बगाइएको छ । केबलकारको नाममका सरकरले बलजफ्ती दमन र सांस्कृतिक अतिक्रमण गरेको छ । स्थानीयको अवाज दवाउन बन्दुक ताक्ने सरकारको रबैया अस्वीकार्य छ । सरकार जनताको सेवक हुनुपर्छ दमनकारी शासक होइन । विकासको नाममा अन्याय, अत्याचार र बल प्रयोग कुनै हालतमा स्वीकार्य छैन । केबलकारका कारण कोशी प्रदेशभरी जनजीवन प्रभावित भएको छ । बन्दका कराण हजारौँ नागरिकहरु मर्कामा पर्ने गरेका छन् । हाल सरकार र आन्दोलनरत पक्षबीच भएको सहमति स्वागतयोग्य छ । तथापी म सरकारलाई कडा चेतावनी दिन चाहन्छु । हिंसा, दमन र गोली प्रहारजस्ता कार्यहरु फेरि नदोहोरियोस् । घाइतेहरुको तत्काल उपचारको व्यवस्था गरियोस् । स्थानीयको भावनाको सम्मान गरियोस् ।'

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।