नेभिगेशन
सबै कुरा

संसद सत्ताधारीको निजी अखडा होइन, रवि लामिछानेको निलम्बन फुकुवा गरियोस्ः रास्वपा सांसद असिम साह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले संसदलाई सरकारको आदेश पालक बनाइएको भन्दै खेद व्यक्त गरेका छन् ।

बिहिबार संसदकाे सून्य समयमा बोल्दै साहले सरकारले प्रतिशोध साँधेर रवि लामिछानेमाथि मुद्दा चलाइरहेको बताउँदै सरकारकै आदेश पालकका रुपमा संसदले पनि ग्रैह कानुनी रुपमा सांसद पद निलम्बन गरिदिएको भन्दै आपत्ती जनाए ।  

"सरकारले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर जिल्ला गुमाइरहेको,वकिल फेरेर मुद्दा लड्न पठाइरहेको कुरा कसरी आइरहेको छ, जनताले बझिसकेका छन्,यसमा हामीलाई केही भन्नुछैन ।  तर, सार्वभौम संसदले पनि माननिय रवि लामिछानेको संसद पद निमलम्बन गर्न सरकारको आदेश पालक बननु खेदजनक छ," सांसद साहले भने, "न त रवि लामिछानेलाई अदालतले पूपक्षका लागि थुनामा पठाएको छ, न त अभियोग दाबी बमोजिम राष्ट्रसेवकको परिभाषामा उहाँलाई राख्न मिल्छ। यसरी कानुनको अपव्याख्या गरेर अराजनीतिक र बदनियत सैलीमा रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्नुपुर्ण गै्रहकानुनी रहेको छ ।"

संसद कुनै व्यक्तीको, कुनै दलका विषेशको वा सत्ताधारीकाे निजी अखडा नभएकाे पनि साहले बताए । रास्वपा सुसंस्कृत राजनीतिमा विश्वास गर्ने भन्दै उनले संसदीय मर्यादा ध्वस्त पार्ने काम बन्द  गर्न आग्रह गरे । उनले रवि लामिछानेको सांसद पद निलम्बन अविलम्ब फुकुवा गर्न पनि उनले आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...