नेभिगेशन
सबै कुरा

संसद सत्ताधारीको निजी अखडा होइन, रवि लामिछानेको निलम्बन फुकुवा गरियोस्ः रास्वपा सांसद असिम साह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम साहले संसदलाई सरकारको आदेश पालक बनाइएको भन्दै खेद व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार संसदकाे सून्य समयमा बोल्दै साहले सरकारले प्रतिशोध साँधेर रवि लामिछानेमाथि मुद्दा चलाइरहेको बताउँदै सरकारकै आदेश पालकका रुपमा संसदले पनि ग्रैह कानुनी रुपमा सांसद पद निलम्बन गरिदिएको भन्दै आपत्ती जनाए ।  

Ncell
Extreme Energy

"सरकारले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर जिल्ला गुमाइरहेको,वकिल फेरेर मुद्दा लड्न पठाइरहेको कुरा कसरी आइरहेको छ, जनताले बझिसकेका छन्,यसमा हामीलाई केही भन्नुछैन ।  तर, सार्वभौम संसदले पनि माननिय रवि लामिछानेको संसद पद निमलम्बन गर्न सरकारको आदेश पालक बननु खेदजनक छ," सांसद साहले भने, "न त रवि लामिछानेलाई अदालतले पूपक्षका लागि थुनामा पठाएको छ, न त अभियोग दाबी बमोजिम राष्ट्रसेवकको परिभाषामा उहाँलाई राख्न मिल्छ। यसरी कानुनको अपव्याख्या गरेर अराजनीतिक र बदनियत सैलीमा रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्नुपुर्ण गै्रहकानुनी रहेको छ ।"

संसद कुनै व्यक्तीको, कुनै दलका विषेशको वा सत्ताधारीकाे निजी अखडा नभएकाे पनि साहले बताए । रास्वपा सुसंस्कृत राजनीतिमा विश्वास गर्ने भन्दै उनले संसदीय मर्यादा ध्वस्त पार्ने काम बन्द  गर्न आग्रह गरे । उनले रवि लामिछानेको सांसद पद निलम्बन अविलम्ब फुकुवा गर्न पनि उनले आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।