नेभिगेशन
सबै कुरा

सामाजिक सञ्जाल विधेयकबारे बोल्दै प्रचण्डले भने, ‘सरकार निरङ्कुश सोचमा अघि बढिरहेको छ’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोंचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन रु आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’ 

Ncell
Extreme Energy

पाथिभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा सरकार दमनको उल्टो बाटो हिडेको बताए । । ‘टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरुले नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई थुन्ने र मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोंच हो ।’, उनले थपे, ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईँहरु मालिक र नागरिक दास हो ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।