नेभिगेशन
सबै कुरा

गृहमन्त्रीको स्पष्टिकरण, 'अन्तरजातीय विवाहमा मबाट अत्याचार भयो भन्नु कपोकल्पित हो'

काठमाडौँ । काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवाका सत्यन्द्रकुमार राम चमार र नेहा रौनियारको अन्तरजातीय विवाहसम्बन्धी विषयमा उठेका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले अन्तरजातीय विवाहमा गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु कपोकल्पित भएको समेत बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको बताए। “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर छ”, गृहमन्त्री लेखकले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गृहमन्त्री लेखकले आफु जातीय विभेद र छुवाछुत विरुद्ध रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको बताए । उनले वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको ग्यारेन्टीका लागि विद्यार्थी कालदेखि नै लड्दै आएको बताउँदै अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको र कानूनलाई अक्षरस पालना गराउनु आफ्नो कतव्र्य रहेको उनको धारणा छ । 

त्यस्तै उनले उक्त घटनामा आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको र प्रहरीलाई निर्देशन दिएअनुसार प्रतिवेदन समेत सार्वजनिक गरिसकेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।